Logo

२०७८, मंसिर १४ गते मंगलवार

images
images
  • बैंक वित्त
  • राष्ट्र बैंकद्धारा कोभिड १९ ले अर्थतन्त्रमा...

राष्ट्र बैंकद्धारा कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्वन्धी प्रतिवेदन सार्वजनिक 

राष्ट्र बैंकद्धारा कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्वन्धी प्रतिवेदन सार्वजनिक 

images
images
  • 400
    SHARES
  • images
    राष्ट्र बैंकद्धारा कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्वन्धी प्रतिवेदन सार्वजनिक 
    images
    images

    काठमाडौँ l नेपाल राष्ट्र बैंकले कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्वन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्वन्धी तेस्रो पुनरावृति सम्वन्धी प्रतिवेदन बुधबार सार्वजनिक गरेको हो । 

    images

    प्रतिवेदनको अनुसार २०७७ असार तथा अन्य अघिल्ला सर्वेक्षणहरुको तुलनामा २०७८ कात्तिकमा उद्योग÷व्यवसाय सञ्चालनमा क्रमिक रुपमा सुधार आएको देखिएको छ । अझैपनि कोभिड–१९ पूर्व २०७६ फागुनको अवस्थामा पुग्न नसकेको भएतापनि २०७७ असार तथा अन्य अघिल्ला सर्वेक्षणहरुको तुलनामा उद्योग÷व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा उल्लेख्य सुधार आएको देखिन्छ, । 

    कोभिड–१९ महामारीको दोस्रो लहरपश्चात् उक्त संक्रमणविरुद्धको खोपको उपलब्धताले गर्दा अर्थतन्त्र चलायमान भइ पूनरुत्थान उन्मुख रहेको छ । यस परिप्रेक्ष्यमा उद्योग÷व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्थामा सुधार आइ अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको प्रतिवेदनमा उल्लेख छ । २०७७ असारको तुलनामा उद्योग÷व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको पाइएको छ ।

    कोभिडपूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा चार दसमलव एक प्रतिशत उद्योग÷व्यवसायहरु मात्र पूर्ण रुपमा सञ्चालनमा रहेकोमा २०७८ कार्तिकमा बढेर ८७ दसमलव दुई  प्रतिशत पुगेको देखिएको छ । गत बैशाखमा गरिएको सर्वेक्षणमा चार दसमलव दुई प्रतिशत उद्योग÷व्यवसायहरु सञ्चालन हुन नसकेकोमा यो सर्वेक्षणमा दुई दसमलव तीन प्रतिशत उद्योग÷व्यवसायहरु मात्र सञ्चालन हुन नसकेको पाइएको छ ।

    २०७७ असारको तुलनामा उद्योग÷व्यवसायहरुको उत्पादन÷कारोबारको अवस्थामा सुधार आएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन÷कारोबार रहेकोमा २०७८ कात्तिकमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ७४ दसमलव सात प्रतिशत पुगेको छ । २०७७ असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरुको उत्पादन÷कारोबार बढेको पाइएको तर, होटल तथा रेष्टुलेन्ट क्षेत्रको सुधार तुलनात्मक रुपमा कम रहेको प्रतिवेदनमा उल्लेख छ ।

    गत असारको तुलनामा उद्योग÷व्यवसायको आकार अनुसार पनि सबै प्रकारका उद्योग÷व्यवसायको उत्पादन÷कारोबार बढेको पाइएको छ । तर, कोभिड महामारी आउनु अगाडिको अवस्था भने अझै उत्पादन÷कारोबार पुगिसकेको देखिदैन 

    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्र बैंक

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको