Logo

२०७८, मंसिर १४ गते मंगलवार

images
images
  • समाचार
  • माधव नेपाललाई निम्तो नपठाएको एमालेले महाधिवेशनमा...

माधव नेपाललाई निम्तो नपठाएको एमालेले महाधिवेशनमा अरु को को बोलायो ?

माधव नेपाललाई निम्तो नपठाएको एमालेले महाधिवेशनमा अरु को को बोलायो ?

images
images
  • मंसिर ९, २०७८ बिहिवार १७:३५ बजे
  • 1.2K
    SHARES
  • images
    माधव नेपाललाई निम्तो नपठाएको एमालेले महाधिवेशनमा अरु को को बोलायो ?
    images
    images

    काठमाडौं । एमाले महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरुले सम्बोधन गर्ने निश्चित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न पार्टीका शीर्ष नेताहरूले शुभकामना मन्तव्य दिने तय भएको एमालेले जनाएको छ ।

    images

    एमालेले  संसदमा प्रतिनिधित्व गर्ने सातवटा राजनीतिक दललाई उद्घाटन समारोहमा निम्तो गरेको छ । महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने निश्चित भइसकेको छ ।

    यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि एमालेलाई चितवन आउने जानकारी पठाएका छन् । 

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि कार्यक्रममा सहभागीता जनाउने बताएका छन् ।  

    एकीकृत माओवादी केन्द्रका अध्यक्षको उपस्थितीका बारेमा भने दुबै पार्टीले केहि बताएका छैनन् । यद्यपी दाहाललाई पनि निम्तो भने पठाइएको एमालेले जनाएको छ । 

    तर एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भने एमालेले निम्तो पठाएको छैन ।  

    त्यस्तै, एमालेको महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाका ८ राजनीतिक दलका नेताहरू सहभागी हुने एमालेले बताएको छ ।

    चीनलगायत अन्य २५ देशका दलहरूले भने शुभकामना सन्देश पठाएका छन् । 

    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन

  • सम्बन्धित समाचार
    धेरै पढिएको