Logo

२०७८, मंसिर १४ गते मंगलवार

images
images
  • समाचार
  • अब गोलाप्रथाबाट पेसी तोकिने, प्रधानन्यायाधीशको अधिकार...

अब गोलाप्रथाबाट पेसी तोकिने, प्रधानन्यायाधीशको अधिकार कटौती

अब गोलाप्रथाबाट पेसी तोकिने, प्रधानन्यायाधीशको अधिकार कटौती

images
images
  • मंसिर ९, २०७८ बिहिवार १७:४२ बजे
  • 666
    SHARES
  • images
    अब गोलाप्रथाबाट पेसी तोकिने, प्रधानन्यायाधीशको अधिकार कटौती
    images
    images

    काठमाडौं । सर्वोच्च अदालतमा आगामी बुधबार मंसिर १५ गतेबाट गोला प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ ।

    images

    सर्वोच्च अदालतमा न्यायाधीशको आज बसेको पूर्ण बैठक (फूलकोर्ट) बैठकले सो प्रक्रियाबाट पेसी तोकी मुद्दाको सनुुवाइ गर्ने निर्णय गरेको हो ।

    गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकी सुनुवाइ गर्नुपर्ने माग सर्वोच्चका न्यायाधीश र नेपाल बार एशोसिएशनको पनि थियो । सोही माग बमोजिम यसअघि प्रधानन्यायाधीशमा रहेको मुद्दा तोक्ने अधिकारलाई कटौती गरिएको हो ।
    सर्वोच्चमा गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुनसकेको छैन ।

    बिचबिचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो । पछिल्लो समयमा केही अन्य मुद्दामा पनि सुनुवाइ भएको छ ।

    अदालतमा मुद्दाको चापअनुसार नियमति रुपमा बेञ्च बस्न नसक्दा न्यायका पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।  

    images
    images
  • सम्बन्धित विषय:

  • # गोलाप्रथा

  • सम्बन्धित समाचार
    धेरै पढिएको