Logo

२०७८, मंसिर १४ गते मंगलवार

images
images
  • समाचार
  • एमाले महाधिवेशनमा कुन-कुन देशबाट आउदै...

एमाले महाधिवेशनमा कुन-कुन देशबाट आउदै छन् प्रतिनिधि ?

एमाले महाधिवेशनमा कुन-कुन देशबाट आउदै छन् प्रतिनिधि ?

images
images
  • 1.4K
    SHARES
  • images
    एमाले  महाधिवेशनमा कुन-कुन देशबाट आउदै छन् प्रतिनिधि ?
    images
    images

    काठमाडौँ । नेकपा एमालेको दशौं महाधिवेशनमा आतिथ्य ग्रहण गर्न भारतबाट विभिन्न पाँच दलका नेता आउने पक्का भएको छ । भारतबाट पूर्व स्वास्थ्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता हर्षवर्द्धनको नेतृत्वमा एउटा टोली आइसकेको नेकपा एमालेले जनाएको छ ।

    images

    त्यस्तै भारतबाटै अन्य चार राजनीतिक दलका प्रतिनिधि पनि आउने भएका एमाले विदेश विभागका प्रमुख डा. राजन भट्टराईले जानकारी दिएका छन् । उत्तरी छिमेकी चीनबाट भने चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले भिडियो सन्देश मात्रै पठाउने भएका छन् ।

    कोरोना महामारीलाई कारण देखाउँदै सीपीसीका कुनै पनि नेता नेपाल नआउने भएका हुन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि करिब एक वर्षदेखि कुनै पनि देशको भ्रमणमा निस्किएका छैनन् । चीनबाट सन् १९९३ देखि अहिलेसम्म भएका सबै महाधिवेशनमा अतिथि आउने गरेका थिए ।

    भट्टराईका अनुसार महाधिवेशनमा सहभागी हुन आठ देशबाट १५ जना प्रतिनिधि आउने पक्का भएको छ । हालसम्म २५ वटा देशबाट शुभकामना सन्देश आइसकेको छ । एमालेले चीन, म्यानमारदेखि उत्तर कोरियाका कम्युनिष्ट पार्टीलाई समेत निमन्त्रण गरेको थियो ।

    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको