Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images
  • पर्यटन
  • एमाले महाधिवेशनले चितवनको रौनकता बढायो, पर्यटकीय...

एमाले महाधिवेशनले चितवनको रौनकता बढायो, पर्यटकीय गतिविधि बढ्नेमा व्यवसायी आशावादी

एमाले महाधिवेशनले चितवनको रौनकता बढायो, पर्यटकीय गतिविधि बढ्नेमा व्यवसायी आशावादी

images
  • मंसिर १३, २०७८ सोमवार ०८:२२ बजे
  • 3.3K
    SHARES
  • images
    images
    एमाले महाधिवेशनले चितवनको रौनकता बढायो, पर्यटकीय गतिविधि बढ्नेमा व्यवसायी आशावादी
    images
    images

    काठमाडौं । एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका कारण चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ । एमालेको चितवनमा जारी महाधिवेशनका लागि आएका पार्टीका नेता, प्रतिनिधि तथा कार्यकर्ताका कारण निकुञ्ज र मध्यवर्ती क्षेत्रको पर्यटकीय चहल पहल बाक्लिएको हो ।

    images

    बाघमारा सामुदायिक वनका कार्यालय सचिव हरि आचार्यले पछिल्लो तीन दिनमा हात्ती सफारी र जङ्गल सफारी गर्नेको सङ्ख्यामा तीन दोब्बरभन्दा धेरैले वृद्धि भएको जानकारी दिए ।

    कोरोनाका कारण लामो समय बन्द रहेको पर्यटकीय गतिविधिमा एमाले महाधिवेशनले नयाँ तरङ्ग ल्याएको भन्दै व्यवसायी खुसी भएका छन् । एमाले कार्यकर्ताको चहपहलले ल्याएको सुखद संकेतले दीर्घकालमा अझै धेरै सकारात्मक प्रभाव पार्ने व्यवसायीको अपेक्षा छ ।

    निुकञ्जमा विश्वमै दुर्लभ मानिएको एक सिङ्गे गैँडा, चराचुरुङ्गी, बँदेल, तीन प्रजातिका चित्तल, सङ्कटापन्न अवस्थाको घडियाल गोही सहजै देख्न पाइन्छ ।  मध्यवर्ती क्षेत्रको सफारीमा जाँदा चितुवा र बाघसमेत देख्न पाइने आचार्यको भनाई छ ।  

     महाधिवेशनका कारण पहिलोपटक चितवन पुगेका प्रतिनिधिहरुले पर्यटकीय गतिविधिमा संलग्न हुन पाउदा खुसी लागेको प्रतिक्रिया दिएका छन् । 
    देशकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको चितवनमा एमालेको महाधिवेशनले व्यवसायीलाई नयाँ उर्जा थपेको छ ।  

    images
    images
  • सम्बन्धित विषय:

  • # चितवनको रौनकता

  • सम्बन्धित समाचार
    धेरै पढिएको