Logo

२०७८, माघ ६ गते बिहिवार

images
images
  • समाचार
  • मार्जिन लेन्डिङ कार्यान्वयनमा धितोपत्र बोर्डको बेवास्ता,...

मार्जिन लेन्डिङ कार्यान्वयनमा धितोपत्र बोर्डको बेवास्ता, ४ वर्षमा तीन ऋणी !

मार्जिन लेन्डिङ कार्यान्वयनमा धितोपत्र बोर्डको बेवास्ता, ४ वर्षमा तीन ऋणी !

images
images
  • 1.5K
    SHARES
  • images
    मार्जिन लेन्डिङ कार्यान्वयनमा धितोपत्र बोर्डको बेवास्ता, ४ वर्षमा तीन ऋणी !
    images
    images

    काठमाडौँ । सेयर खरिद गर्नका लागि ब्रोकरहरुले नै ऋण दिने व्यवस्था गरेको ४ वर्ष भयो । तर अहिलेसम्म तीन जना ब्यक्तिले एक पटकका लागि यस्तो कर्जा पाएपनि अन्य कसैले पाउन सकेका छैनन् । अर्थात अहिले यो व्यवस्था कार्यान्वयनमा नै छैन । किनभने यस्तो व्यवस्थाका कारण अहिले कसैले पनि लाभ नै लिएको छैन ।

    images

    मार्जिन कारोबार सुविधा कार्यविधि, २०७४ बनेको ४ वर्ष बित्यो । तर, यो कार्यान्वयनमा ल्याउनका लागि न त  सरोकारवाला ब्रोकरहरुले नै प्रंयास गरेका छन् न  यसको नियामक निकाय धितोपत्र बोर्डले नै ।

    नेपालमा ब्रोकरले मार्जिन कारोबार सेवा प्रदान गर्ने नीतिगत व्यवस्था २०७४ मै भएको हो । मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन २०७४ मार्फत नै २३ वटा ब्रोकरले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट कारोबार अनुमति र राष्ट्र बैंकबाट स्वीकृति पनि लिइसकेका छन् । तर उक्त व्यवस्था अझै कार्यान्वयनमा आएको छैन । सुरुमा एउटा ब्रोकरले एक जना लगानीकर्तालाई यस्तो सुविधा दिएको थियो । त्यसयता यो विषयमा कुनै प्रगति भएको छैन ।

    ब्रोकरमार्फत लिएको कुल कर्जामध्ये बढीमा १० प्रतिशत मात्र एउटा कम्पनीमा लगाउनुपर्ने व्यवस्था छ । साथै मार्जिन लेन्डिङ सुविधाका लागि नेप्सेले छानेकोे कम्पनी हुनुपर्छ । यस्तै नीतिगत व्यवस्थाका कारण पनि यो कार्यान्वयनमा आउन नसकेको जानकारहरु बताउँछन् ।

    कानुन बनाउने मात्रै सरकारी  निकायको जिम्मेवारी हैन । बनाएको कानुनमा के कस्ता त्रुटि भए, यसमा के कसरी संसोधन गर्न सकिन्छ र के कसरी कार्यानवयनमा लान सकिन्छ भनेर  आवश्यक अध्ययनसँगै संसोधन गर्ने जिम्मेवारी पनि सरकारी निकायको हो । यो कार्यमा धितोपत्र बोड चुकेको छ ।

    कर्मकाण्डी काम गरेर कानुन बनाएर धितोपत्र बोर्ड  चुप लागेर बसेको छ। बजारबाट यसको संसोधनको लागि आवश्यक  सुझाव आउँद  समेत त्यसबारेमा सोच्न सकेको छैन ।

    विश्व बजारमा प्रायः सबै मुलुक र दक्षिण एसियाली सहयोग संगठन (सार्क) मा श्रीलंका बाहेक सबै राष्ट्रमा सेयरमा लगानी गर्नका लागि सेयर धितो राखेर बैंकबाट कर्जा लिन पाइँदैन । अन्तर्राष्ट्रिय अभ्यासविपरीत बैंकमार्फत मार्जिन कारोबार (लेन्डिङ) सेवा प्रदान गरिएको छ ।

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको