Logo

२०७८, माघ ६ गते बिहिवार

images
images

सुरक्षित आप्रवासन परियोजनाको प्रभावकारीताबारे श्रममन्त्रीको चासो 

सुरक्षित आप्रवासन परियोजनाको प्रभावकारीताबारे श्रममन्त्रीको चासो 

images
images
  • 701
    SHARES
  • images
    सुरक्षित आप्रवासन परियोजनाको प्रभावकारीताबारे श्रममन्त्रीको चासो 
    images
    images

    काठमाडौँ l श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सुरक्षित आप्रवासन परियोजना (सामी) को प्रभावकारीताबारे परियोजनाका अधिकारीहरुसँग जानकारी लिनुभएको छ । मन्त्री श्रेष्ठले परियोजनाका कारण लक्षित वर्गले सही सूचना पाएको र कामदार तथा उनिहरुका परिवारको आर्थिक सामाजिक सुदृढीकरण र उद्यमशीलतामा पहुँच बढेको भन्दै प्रसंशा गर्नुभयो ।

    images

    श्रेष्ठले विदेशबाट आउने रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको अवस्थामा उक्त रकमको सही सदुपयोग र उत्पादनमूलक क्षेत्रमा लगानीका लागि परियोजनाले आवश्यक सूचना, परामर्श र सीप प्रदान गर्न थप भुमिका खेल्नुपर्ने बताउनुभयो । 

    वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र लाभदायक बनाउने उद्देश्यका साथ सुरक्षित आप्रवासन परियोजना सञ्चालन भएको भन्दै उहाँले परियोजनाले वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेका व्यक्ति तथा परिवारका सदस्य लक्षित गरी कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो । मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले सही सूचनाको अभावमा खाडी मुलुकमा जोखिमपूर्ण काम, न्यून तलबलगायत समस्या भोग्नुपरेको स्थितिमा  परियोजनाले सही सूचना दिने र सूचनामा पहुँच वृद्धि गर्ने कार्यमा सहयोग गरेको बताउनुभयो । परियोजनाले वैदेशिक रोजगारीमा जाने व्यक्तीका लागि आवश्यक सूचना, परामर्श र सीप दिँदै आएको परियोजनाका टीम लिडर सीता घिमिरेले बताउनुभयो । 

    सुरक्षित आप्रवासन परियोजना (सामी) नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा सञ्चालित छ । सुरक्षित आप्रवासन परियोजना (सामी) ले बैदेशिक रोजगारमा जान चाहने, वैदेशिक रोजगारीमा कार्यरत ब्यक्ति र उनीहरुको परिवारलाई सुरक्षित बैदेशिक रोजगार सम्बन्धी सूचनाको पहुँच र अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ ।

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको