Logo

२०७८, माघ ६ गते बिहिवार

images
images
  • समाचार
  • चिफसाव ! प्रहरीकै रोग सेनामा पनि...

चिफसाव ! प्रहरीकै रोग सेनामा पनि सर्‍यो

चिफसाव ! प्रहरीकै रोग सेनामा पनि सर्‍यो

images
images
  • 137.1K
    SHARES
  • images
    चिफसाव ! प्रहरीकै रोग सेनामा पनि सर्‍यो
    images
    images

    नेपाली सेनामा जसरी मेडियावाजी पाराले विभिन्न कर्तुत र ज्यादती छाताछुल्ल हुँदैछन् । त्योभन्दा बढी अझ अनुभव त्यहाँबाट अवकाश र पीडितलाई थाहा होला देशमा प्रजातन्त्र आयो । तर ठुलाबडा र हाकिमलाई मात्रै आयो । सायद कुनै पनि परिवर्तनको नाममा माथिकाले उठाए लाभ, तल्लो तहलाई ढाल बनाएर । अब जनता र सैनिक एक जुट भएर सेना र देशको अवस्थालाई निगरानी राख्नको खातिर ? सायद सेनामा धेरै कमाण्डर र सेनापति आए, गए तर ३ वर्षको लागि आफ्नो मान्छे र आफन्तको स्वार्थका लागि आए ।

    images

    मै हुँ भन्ने पूर्णचन्द्रले के गरे झन माथिल्लो दर्जालाई भ¥याङ्ग र तल्लो दर्जालाई सिस्नोघारीमा छोडेर गए । भए नभएका नियम र सेना नै बदल्ने जस्तो गरे । आशावादी सिपाही ३ वर्षमा सपनावाट ब्यूँझिएर झन पीडित सैनिक धुरुधुरु रोएर खाउकि भागौ बनाएर गए । जसरी विभिन्न पार्टीका सरकारले युवालाई खाडीमा धकेल्न बाध्य पार्ने काम गरका छन् । त्यसरी नै आज सेनामा २० वर्षेलाई १६ बनाउने नाटक देखाउँदै विना पेन्सन सिपाहीको पसिना खाएर ४ वर्ष खाडीमा जाने बनाए । के यो स्वार्थ हैन ।

     देशमा आपत् प¥यो, बाढी पहिरो गयो सुरक्षाकर्मी, देशमा अप्ठ्यारोमा खटाउनु पर्ने सेना र सुरक्षा निकायलाई सेवासुविधा दिन र लिन किन चाहँदैनन् सुरक्षा प्रमुख र अन्य निकाय ? माथिल्लो तहमा जे गरेनि हुने आफै भान्से आफै निर्णनायक कसरी हुन्छ सुधार ? विदेशी नेता र सुरक्षाकर्मीहरुको सम्बन्ध र सुविधा हेर । त्यहा“ सेवासुविधाहरुको बारेमा तिमीहरुका बुवाबाजेले पाएको बारेमा बुझ ।

    हाम्रो प्रश्नः

    सिपाहीलाई लाग्ने नियम र कानून किन माथिल्लो तहमा लाग्दैन ? के २४ घण्टा डिउटी गर्ने सिपाहीलाई नै मात्रै नियम ? अधिकृतहरुको गल्तीको भार सिपाहीलाई नै किन ? अधिकृतले पाउने सेवासुविधा सिपाहीलाई चाहिं खै सुविधा ? अधिकृतको घरमा भाडा माझ्ने, खेतवारीमा काम गर्नुपर्ने, श्रीमतीको झोला बोक्ने र लुगाकपडा धुनु पर्ने, तिनीहरुको बालबच्चाको स्याहारसुसार गर्नुपर्ने, अनि अवसर र खानेपाउने स्थानमा बञ्चित सिपाही आज लाचार भई आदेश मान्नु पर्ने किन ? सेनामा सिपाहीले कमाएको कल्याणकारीको ऋन लिन १-२ लाखको लागि महिनौ लाग्ने तर अधिकृतहरुलाई अनेक सुविधाको वहानामा २०/२५ लाख दिन समय नलाग्ने किन ?

    चिफसाव बोलेर हैन । निगरानी गरेर सिपाहीको मर्म बुझ्ने गर्नु बोलीको भरमा सिपाहीको मन जित्ने हैन । कितावमा कानूनको धारा बनाएर हैन फिल्डमा गएर खटिएर हेर्नुस् । सिपाहीको भित्री आशय र पीरमर्का बुझ्न गोप्य अनुसन्धान गर्नुस् अधिकृतलाई खटाएर हैन सिपाही टु सिपाहीसँग पीरमर्का बुझ्ने सञ्जाल खडा गर्नुस् ताकि कमाण्डरले के के गरेको छ, सत्यतथ्य पत्तो लागोस्  ।

    चिफसावले जंगबहादुरले पनि त्यो बेलामा सिपाही जासुस राखेर अरुको निगरानी गर्ने गरेको र सबैलाई कानूनको दायरामा राखि सजाय दिएको उदाहरण पढ्नु भएकै होला ? आजकाल त झन विभिन्न प्रविधि र सुविधाहरु छन । कल्याणकारीको करारमा जागिर आफन्त  र आजीवन एउटैले खान पाउने हो ? अरु भूपूले किन अवसर पाउदैनन् चिफसाव नजर परोस् ?

    पेट्रोलपम्पको ज्यादतीमा छानविन र कर्मचारी अदलबदल नहुने हो चिफसाव ? बर्षौंदेखि भ्रष्टाचार देखिएकोमा आजसम्म खै कारवाही ? सैनिक स्कूल अस्पताल कलेजहरुमा खै छानविन र एक्सन ? सबै जसो जर्नेलका आफन्त र नातेदारले चलेको यो सेनामा सिपाहीले मात्रै मान्नु पर्ने कानून सिपाहीले मात्रै भोग्नु पर्ने सजाय ? एउटा निर्दोष सिपाहीले सजाय पाउने तर सैनिक अनुशासन उल्लंघन गर्ने कैयौं केशमा मुछिएका जर्णेल/कर्णेल सरुवा बढुवामा विना रोक सुविधा लिंदै जाने वा नेपाली सेना र सेनाका मै हुँ भन्नेहरुलाई अवसर दिनै पर्ने चिफसाव ? सिपाहीलाई दिने भन्ने कल्याणकारीको २५ हजार त माथिल्लो दर्जालाई होला हैन ? ३ वर्षमा के के गर्नु हुन्छ चिफसाव ? वर्षौंवर्षदेखि कसैले सुधार गर्न नसकेको काम गरेर देखाउनुस् है ।

    सेनाका केही अधिकृतहरु आज सैनिक ऐन, नियमको धज्जी उडाएर मस्तसँग बसेका छन् । ३ बर्षे त हो नि चिफ त आउछन् जान्छन् भन्दै हिंडेका हामीले सुनेका छौं । सेनामा केही कुरा बदल्ने हो भने आफन्त र चाकडीवालालाई पहिला कार्वाही र सजाय दिनुस् । अनि चिफसावले केही त गर्छन् भन्ने विश्वास जागेर आउछ ।

    नेपाल सरकारका निजामती कर्मचारी झै राजनीति र चाकडी हटाउनुस् सिपाहीमा आफै परिवर्तन र सुधार आउछ । आज सिपाहीले सिपाहीलाई मान्दैन । अनि कसरी हुन्छ देशको सुरक्षा ? आज नेताको चाकडी र भनसुनले माथिल्लो कमाण्डरलाई तल्लो कमाण्डरले मान्न र पुछ्न छाडी सके ।

    नेपाल प्रहरीकै रोग नोपली सेनामा पनि सरेको छ । प्रहरीले झैं म यो पार्टीको हो विचार गर भनेर सेनाका हाकिमलाई धम्क्याउन थालिसके । नेता र राजनीतिज्ञको घरघरमा अधिकृत र सिपाही जान र धाउन थालेका छन् । सेना जोगाउन नियन्त्रण गर्नुस् चिफसाव । यो सबै चुनौतीको विषयहरु हुन चिफसाव । अब सेना एउटा इमान्दार संस्था हो र हरेक फैसला निष्पक्ष हुनेछ भन्ने सन्देश दिनुस् चिफसाव ।

    अहिले विभिन्न महल पसल र मेलामा सेनाका हाकिमका गाडीहरुले सिभिल मानिस र आफन्तहरु ओसार्ने । सेनाका सवारी चालकलाई दिनरात विदाको समयमा पनि फुर्सद छैन । सेनाका चालक त सरकारी गाडी, सरकारी कामको लागि हैन र चिफसाव ? सरकार साधन आफ्नै दाइजो जसरी घुम्न र भ्रमणको लागि हो भने कहाँबाट भयो नियन्त्रण र व्यवस्था ?

    यसरी मोजमस्तीका लागि जम्मा गरेको नेपाली सेनाको कल्याणकारी कोषको रकम सरकारीकरण गरेर सेनालाई दिने सेवासुविधा सरकारले दिओस् तर यसरी हाकिम र कमाण्डरले मोजमस्ती नगरुन सरकार ? यही कल्याणकारी कोषको रकमको कारण आज सेनामा विभिन्न भ्रष्टाचार र घोटाला भएको हो ।  

    अर्को कुरा चिफसाव सेनाका सिपाहीलाई कहिलेसम्म अर्काको घर मा भाडा मजाउने र लुगाधुने काममा लगाउने हो, यसको जवाफ चाहियो ? आज ४ जना पाउने हाकिमको घरमा १० जना सैनिक कार्यरत छन । नियमले नपाउने आफन्त र सिभिलहरुको घरमा नेपाली सेना बसेका छन् ।

    कुन नियम र कानूनमा छ सिभिलको घरमा भाडा माझ्न र घरकाजमा सैनिक बस्न ? सैनिक अधिकृतले  चिनेको आफन्त पुरानो नाता भनेर सिपाहीलाई दास बनाउने नियम कहाँबाट पाए ।

    के मानव अधिकारकर्मीहरुलाई पनि प्रश्न ? कैयो उदाहरण छन आज सिपाही घर घरमा लुकाएर राखेका र बसेका खटाएका हाकिमले नातागोता र आफन्तहरुकोमा किन ? पुरानो नूनको सोझो गर्न नियम नै मिचेर निजी घरमा सैनिक राख्ने अधिकार कसले दियो चिफसाव । छानविन र निगरानी होस् चिफसाव । 

    ईन्जिनियर गण एयरपोर्टका प्र.से दिनेश वानियाले कसरी र कुन आधारमा खटाए मृत्यु भई सकेको भूपू जर्णेलको घरमा सिपाही के यो नूनको सोझो होइन र ? यो एउटा उदाहरण मात्रै हो चिफसाव यस्ता कति छन् छन्  ।

    पूर्व चिफहरु कटवाल, थापाहरु, राणा, गुरुङ्ग, क्षेत्री र अन्य जर्नेलकोमा र उनीहरुका पनि आफन्तहरु घरमा सैनिकको सेवा ? यो खै कसरी पाए र संगठनमा रेकर्ड छ होला त चिफसाव ? कहाँकहाँ कति सैनिक निजी सेवामा खटिएका छन् ? सत्यतथ्य छानविन होस् र सार्वजनिक पनि होस् । –चिफसाबको भलो चाहने, नेपाली सेनाका अधिकृतहरु

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको