Logo

२०७८, माघ ६ गते बिहिवार

images
images
  • मनोरञ्जन
  • लोकप्रिय गायिका सुनिता दुलालको पछिल्लो गीत...

लोकप्रिय गायिका सुनिता दुलालको पछिल्लो गीत “मायाको डोरी” को चर्चा चुलिँदै 

लोकप्रिय गायिका सुनिता दुलालको पछिल्लो गीत “मायाको डोरी” को चर्चा चुलिँदै 

images
images
  • 792
    SHARES
  • images
    लोकप्रिय गायिका सुनिता दुलालको पछिल्लो गीत “मायाको डोरी” को चर्चा चुलिँदै 
    images
    images

    काठमाडौँ l सिन्धुपाल्चोकमा जन्मिएर नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियाशिल गायिका सुनिता दुलाल जिल्लाकै शान बनेकी छिन् । उनि गीत संगीत कै माध्याम बाट विभिन्न मुलुकका सांगीतिक कार्यक्रमहरुमा सहभागिता जनाउने मध्य व्यस्तता भित्र पर्दछिन् । गायिका सुनिताले व्यवसायिकता भन्दा पनि मौलिकतालाई प्राथमिकता राखेर कयौं गीतहरु बजारमा ल्याईसकेकी छिन् । सोहिक्रम अन्तर्गत उनको पछिल्लो प्रस्तुति “मायाको डोरी” अहिले बजारमा लोकप्रिय बनिरहेको छ ।

    images

    लोक स्टार लगाएतका विभिन्न सांस्कृतिक कार्यक्रममा निर्णायकको भूमिका समेत निर्वाह गरिसकेकी उनको पछिल्लो गीतमा प्रताप दाशको पनि मिश्रण स्वर सुन्न सकिन्छ । लोक दोहोरीको स्वादमा साबजनिक भएको प्रस्तुत गीतलाई लय तथा शब्द सिर्जना बबिता बानियाँ जेरी ले भरेकी हुन् । सर्जक बबिता प्रत्यक्ष दोहोरीकी नामी कलाकार समेत हुन् ।

    “मायाको डोरी” बोलको गीतको म्युजिक भिडियो पनि निकै तामझामका साथ तयार पारिएको छ । भिडियोमा पल शाह, केकी अधिकारी, अन्जना बराइली र भोजराज शर्माको आकर्षक अभिनय देख्न सकिन्छ । शंख्यात्मक भन्दा गुणस्तरियता लाई ध्यानमा राख्ने सुनिताको यस गीतलाई तयार पार्न अडियो तथा भिडियोमा कुनै कोणबाट कन्चुसाइ गरिएको छैन । काजिश श्रेष्ठ द्वारा निर्देशित यस गीतको म्युजिक भिडियोलाई छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन प्रविन श्रेष्ठले गरेका छन् । गीतलाई सुनिता दुलाल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

     

    images
    images
  • सम्बन्धित विषय:

  • # मायाको डोरी
  • # गायिका सुनिता दुलाल

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको