Logo

२०७८, माघ ६ गते बिहिवार

images
images
  • शिक्षा
  • निमाविको पदपूर्ति र शिक्षक बढुवाको काम...

निमाविको पदपूर्ति र शिक्षक बढुवाको काम तत्काल खुलाउन शिक्षामन्त्रीको निर्देशन

निमाविको पदपूर्ति र शिक्षक बढुवाको काम तत्काल खुलाउन शिक्षामन्त्रीको निर्देशन

images
images
  • 715
    SHARES
  • images
    निमाविको पदपूर्ति र शिक्षक बढुवाको काम तत्काल खुलाउन शिक्षामन्त्रीको निर्देशन
    images
    images

    काठमाडौँ l शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले निम्न माध्यमिक विद्यालय र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन निर्देशन दिएकाछन । सोमबार आयोगका पदाधिकारीहरुको छलफलमा उहाँले निमावि र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन खोल्न निर्देशन दिएका हुन । 

    images

    ‘देशभरका विद्यालयमा शिक्षकहरुको अभाव छ,’ मन्त्रीले भन्नुभयो, ‘यसै साता निम्न माध्यमिक र त्यसको केहीसमयपछि प्राविको विज्ञापन खोल्नुहोस् ।’ शिक्षक सेवा आयोगको ११ औं संशोधन नियमावली मन्त्रिपरिषद्बाट पास भएको बताउँदै शिक्षकको आन्तरिक बढुवा एवम् अध्ययन अनुमतिपत्र (लाइसेन्स) को विज्ञापन गर्ने प्रक्रिया थाल्न आयोगलाई मन्त्रीले निर्देशन दिए । ‘ पाँच बर्षदेखि आन्तरिक शिक्षकको बढुवा रोकिएको थियो,’ मन्त्री पौडेलले भने, ‘नियमावली पास भएको छ, शिक्षकको आन्तरिक बढुवा, शिक्षक दरबन्दी र अध्ययन अनुमतिपत्रको विज्ञापन गर्नुहोस् ।’

    १३ हजार ९३ प्राविमा शिक्षकको पदपूर्ति गर्नुपर्ने बताउँदै १० दिनको अन्तरमा निमावि र प्राविको विज्ञापन गर्न मन्त्रीले पौडेलले आग्रह गरे । नियमावली संशोधन भइसकेकाले अब तीन हजार तीन सय ९८ शिक्षकको आन्तरिक बढुवा हुने भएको छ । छलफलमा शिक्षक सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले बुधबारसम्म निम्न माध्यमिकतहको विज्ञापन खोल्ने तयारी भएको जानकारी दिए ।

    ‘हामीले माविको एक हजार पाँच सय ६५ पदका लागि विज्ञापन गरिसकेका छौं,’ अध्यक्ष रेग्मीले भने, यसै साता निम्न माध्यमिक विद्यालयमा रिक्त दुई हजार पाँच सय ९८ पदका लागि विज्ञापन गछौं ।’

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको