Logo

२०७८, माघ ६ गते बिहिवार

images
images

नेपाली मार्केटिङ एसोसियसन (एनएमए) को आरम्भ

नेपाली मार्केटिङ एसोसियसन (एनएमए) को आरम्भ

images
images
  • 645
    SHARES
  • images
    नेपाली मार्केटिङ एसोसियसन (एनएमए) को आरम्भ
    images
    images

    काठमाडौँ l एनएमए, नेपालको बजारीकरण संघ एउटा गैर–मुनाफा संस्थाकोरुपमा दर्ता भएको छ । यसको मुख्य उद्देश्य भनेको उत्कृष्टकार्य गर्न देशभरि रहेको बजारीकरण पेशेवरहरुको एउटै आवाज सृजना गर्नु हो ।प्रारम्भिकरुपमा यो संघ बजारीकरण पेशेवर र शिक्षविद्हरुद्वारा गठन गरिएको हो । 

    images

    काठमाडौंको होटेल सोल्टीमा गरिएको एनएमएको औपचारिक लन्च कार्यक्रममा यसका अन्तरिम बोर्डका ४–सदस्य– कान्तिपुर मिडिया ग्रुपका एजिएम महेश्वरलाई अध्यक्ष, त्रि.वि.का सह–प्राध्यापक डा. गोपाल थापालाई महासचिव, सह–प्राध्यापक सुशिलअवालेलाई सचिव र गोल्छा ग्रुपका एजिएम मार्केटिङ, पुनम सिंहलाई कोषाध्यक्षकोरुपमा घोषणा गरिएको थियो । 

    बोर्डका अन्य सदस्यहरुमा अभय गोर्खाली, सुमन शाक्य, श्रृजना जोशी महर्जन, सत्यन्द्र उप्रेती र सुरेन्द्र थापा छन् । सोही कार्यक्रममा एनएमएद्वारा डा. तुल्सी धरेललाई एनएमएको गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा सम्माननीय सदस्यकोरुपमा अभिनन्दन गरियो ।

    यसका साथै ३ अन्य सदस्यहरु, डा. बगला बस्नेत – त्रि.वि.का दिग्गज शिक्षाविद्, रविन्द्र मान श्रेष्ठ – मायोज नुडल्सका पूर्व जिएम र रवी के.सी.–सूर्य नेपालका उप–सभापतिलाई मार्केटिङमा उहाँहरुको उत्कृष्ट कार्यको लागि सम्मानस्वरुप पहिचान गरियो ।

    बजारीकरण पेशेवरहरुलाई उनीहरुको कार्य प्रति सहयोग गर्न उनीहरुको व्यक्तिगत र पेशागत जीवन उत्तमबनाउन र नैतिक मुद्दा र सामान्य बजारीकरण कार्यहरु समावेश गर्न प्रवद्र्धन गर्नको लागि एनएमएले शिक्षामा बढी जोड दिने लक्ष्य राखेको छ ।

    एनएमएले बजारीकरण फर्टिनिटीलाई सहयोग गर्न र विकास गर्न प्रतिबद्ध भएकोले दुवैलाई फाइदाजनक सम्बन्ध कायम गर्नुको साथै लक्ष्यप्रति लगाव भएका संस्थालाई संलग्न गर्दै शिक्षा दिन, उत्प्रेरित गर्न र सम्बन्धित सरोकारवालालाई प्रेरित गर्न संयुक्तरुपमा कार्य गर्दैछ । एनएमएले सोही कार्यक्रममा लेट्स ब्राण्ड नेपाल नामक आफ्नो पहिलो पहलको घोषणा ग¥यो । यसको विस्तृत जानकारी आगामी महिनाहरुलाई जारी गरिनेछ । 

    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली मार्केटिङ एसोसियसन
  • # एनएमए)

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको