Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images
  • विचार ब्लग
  • समाजवादको यात्रामा कम्युनिस्ट पार्टीका निम्ति प्रचण्डको...

समाजवादको यात्रामा कम्युनिस्ट पार्टीका निम्ति प्रचण्डको नेतृत्व

समाजवादको यात्रामा कम्युनिस्ट पार्टीका निम्ति प्रचण्डको नेतृत्व

images
  • पौष ११, २०७८ आइतवार १४:०२ बजे
  • 3.4K
    SHARES
  • images
    images
    समाजवादको यात्रामा कम्युनिस्ट पार्टीका निम्ति प्रचण्डको नेतृत्व
    images
    images

    -मदन चुडाल

    images

    हाम्रो पार्टी नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु भएको छ। यो महाधिवेशन कुनै नेता चयनका निम्ति मात्र नभएर अबको समाजवादको यात्रामा कम्युनिस्टकै नेतृत्व कसले गर्ने भन्ने सन्दर्भमा हुनेछ। 

    नेपालमा संविधान जारी भएपछि हुन लागेको महाधिवेशन समाजवादसम्म पुग्ने जगसहितको मार्गको नेतृत्व स्थापनाका निम्ति हुनेछ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै निरन्तरतामा पार्टीको मात्र नभई यो संविधानको रक्षा गर्दै मुलुककै नेतृत्वका निम्ति महाधिवेशन कोसेढुंगा हुनेछ।

    मूलतः महाधिवेशनले विचारको केन्द्रिकरण, राजनीतिक कार्यदिशाको केन्द्रिकरण, संगठन र सुढृढ एकताको केन्द्रिकरण गर्नेछ। सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट पार्टी एकाताको अभियानको सुत्राधारका रुपका महाधिवेशन कायम हुनेछ। गणतन्त्र नेपालको संविधान रक्षाको निम्ति सशक्त योजना बनाउन सफल हुनेछ।

    जसरी संविधान रक्षाका निम्ति प्रचण्डको नेतृत्व सफल भएको छ। यो अभिभारालाई कायम राखी संविधान जोगाएर विचारको एउटा नवीन जगसँगै समाजवादको यात्राका निम्ति प्रचण्डको नेतृत्व अनिवार्य छ।

    मुलुकको कायाकल्पको सपनासहित जनयुद्धको उपलव्धिका रुपमा आएको संविधानलाई भत्काउन प्रयत्न गरियो। समाजवादको सपनाका लागि कोरिएका अधिकारका अक्षरहरू नामेट पार्नका लागि षडयन्त्र भयो। तर, माओवादीको नेतृत्वले अब त्यस्ता चुनौतिलाई चिर्ने र परिवर्तनलाई संस्थागत गरी समाजवादको यात्रा तय गर्नेछ। प्रचण्डले भनेअनुसार विभिन्न धुजामा छरिएका कम्युनिस्ट एकता र विचारको जग त अब बस्नेनै छ, माओवादी महाधिवेशनले एउटा अग्रगामी वैचारिक गोलमेच र गठबन्धन तयार पार्नेछ।

    राजनीतिक परिवर्तनका निम्ति निर्भय भएर कोही सक्रिय हुँदा त्यसले युगको परिवर्तन भएको महसुस हुन्छ। यो व्यवस्था र निमुखा, वर्गीय उत्थानको जग माओवादीले नै तयार पारेको थियो। जसको नेतृत्व प्रचण्डले गरेका थिए। अबको युगिन् यात्रामा महाधिवेशनबाट प्रचण्डको नेतृत्व निरन्तरता र त्यसपछि समाजवादको यात्रामा पनि प्रचण्डको नेतृत्व स्थापित हुन्छ, बनाउनुपर्छ।

    (लेखक अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष हुन्)

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको