Logo

२०७८, माघ ६ गते बिहिवार

images
images
  • प्रवास
  • विदेश जाने कामदार बढ्दा रेमिट्यान्स किन...

विदेश जाने कामदार बढ्दा रेमिट्यान्स किन घट्दैछ ?

विदेश जाने कामदार बढ्दा रेमिट्यान्स किन घट्दैछ ?

images
images
  • 722
    SHARES
  • images
    विदेश जाने कामदार बढ्दा रेमिट्यान्स किन घट्दैछ ?
    images
    images

    काठमाडौँ ।  विप्रेषण आप्रवाह ७.५ प्रतिशतले कमी आई ३ खर्ब १२ अर्ब ४२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो ।  

    images

    तर, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ९६ हजार ३ सय ८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो ।

    त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४९.१ प्रतिशतले वृद्धि भई ५९,७२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.९ प्रतिशतले घटेको थियो ।

    बिदेश जाने कामदारको संख्या बढ्दै गर्दा तिनै कामदारले पठाउने रकममा भने कमि आएको छ । यसले प्रष्ट हुण्डी फस्टाएको पुष्टि गर्छ । आयात बढ्दै गर्दा यसको माध्यमबाट हुण्डी फस्टाउन मद्दत गरेको छ।

    सामानको मूल्य अन्डर इन्भ्वाइस गरेर मगाईएको हुन्छ । जसका कारण हुण्डी गर्नेहरुलाई मद्दत मिलेको छ । यो सँगै देशका अन्य परिसुचकहरु पनि नकारात्मक देखिएका छन् ।

    कात्तिक महिनासम्ममा खुद सेवा आय ३१ अर्ब २० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १७ अर्ब ५१ करोडले घाटामा रहेको थियो ।

    भ्रमण आय २२३.५ प्रतिशतले वृद्धि भई ६ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ अर्ब ८९ करोड रहेको थियो

    त्यसैगरि सेवा खाता अन्तर्गत भ्रमण व्यय १३७.२ प्रतिशतले वृद्धि भई १९ अर्ब १५ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय १० अर्ब ७० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ८ अर्ब ७ करोड रहेकोमा शिक्षातर्फको व्यय ६ अर्ब ८५ करोड रहेको थियो ।

    कात्तिक महिनामा खुद ट्रान्सफर ७.४ प्रतिशतले कमी आई ३ खर्ब ४५ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।

    त्यसैगरि कात्तिक महिनासम्ममा चालु खाता २ खर्ब २३ अर्ब १९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १९ अर्ब १ करोडले बचतमा रहेको थियो ।

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ८६ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८८ करोडले घाटामा रहेको छ ।

    कात्तिक महिनासम्मा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १० अर्ब ६५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड १७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति कात्तिक महिनामा १ अर्ब २६ करोडले घाटामा रहेको छ ।

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको