Logo

२०७८, माघ ६ गते बिहिवार

images
images
  • शेयर
  • ४३ अंकले बढ्यो नेप्से, गुमाउने भन्दा...

शेयर बजार

४३ अंकले बढ्यो नेप्से, गुमाउने भन्दा कमाउने समुह धेरै

४३ अंकले बढ्यो नेप्से, गुमाउने भन्दा कमाउने समुह धेरै

images
images
  • 617
    SHARES
  • images
    ४३ अंकले बढ्यो नेप्से, गुमाउने भन्दा कमाउने समुह धेरै
    images
    images

    काठमाडौँ l नेप्से उच्च अंकले बढेको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से ४३ दसमलव २९ अंकले बढेर २६ सय ९२ दसमलव ४७ अंकमा पुग्दा सेन्सिटिभ पनि ९ दसमलव १६ अंकले बढेर पाँच सय छ दसमलव १६ अंकमा चढेको छ ।

    images

    दुई सय ३८ वटा कम्पनीहरुको ४८ हजार एक सय ६१ पटकको कारोवारमा ७३ लाख ३६ हजार तीन सय ३४ कित्ता सेयर किनबेच भएका छन भने कारोवार रकम तीन अर्ब ६७ करोड ६८ लाख ४६ हजार तीन सय ४९ रुपैयाँ पुगेको छ ।  

    १३ वटा समुहहरुको कारोवार हुंदा ट्रेडिङ र उत्पादनमुलक समुहहरुको घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३५ दसमलव सात अंकले बढेर १८ सय ३२ दसमलव २९ अंंकमा पुग्दा बिकास बैंक समुहको सुचक पनि ८८ दसमलव ४८ अंकले बढेर ४६ सय ८४ दसमलव २२ अंकमा पुगेको छ।

    जलबिद्युत समुहको सुचक पनि ७२ दसमलव दुई अंकले बढेर २९ सय ८६ दसमलव ६४ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ४३ दसमलव ९३ अंकले बढेर १२ हजार एक सय ३९ दसमलव ६५ अंकमा पुगेको छ ।

    यसैगरी फाईनान्स, जीवन बीमा, होटल तथा पर्यटन, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेका छन्।  

    नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा तेह्थुम पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल बंगलादेश बैकको ऋणपत्र २०८५ परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपी पावर लिमिटेड परेको छ ।

    images
    images
  • सम्बन्धित विषय:

  • # शेयर बजार

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको