काठमाडौं । शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आजदेखि आठौँ चरणका खेल सुरु हुँदैछन् ।
त्यसमध्ये आज दुई वटा खेल हुनेछन् । दशरथ रगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लब खेल्दैछन् ।
संकटा ७ खेलमा १३ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा सातदोबाटोको ८ अंकका साथ आठौँ स्थानमा छ । यस्तै आज हुने दोस्रो खेलमा साँझ पौने ५ बजे एपीएफ क्लब र जाउलाखेल युथ क्लब खेल्दैछन् ।
एपीएफ ७ खेलमा ६ अंकसहित तालिकाको दशौँ स्थानमा छ भने जाउलाखेल समान खेलमा ७ अंकसहित नवौँ स्थानमा छ ।