काठमाडौं । अमेरिकाले रसियालाई वार्ता नरोज्ने हो भने लडाईका लागि तयार रहन चेतावनी दिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनि ब्लिंकेनले, वार्ता वा टकराबमध्ये एक रोज्न सुझाव दिएका छन् ।
वार्ता मार्फत समस्या समाधानका लागि अग्रसर नभए रसियाले ठूलो मूल्य चुकाउनु पर्ने ब्लिंकेनको भनाई छ । युक्रेनको विषय चर्किँदै गएको बेला, यी दुई मुलुकवीच जेनेभामा हुने वार्ताको पूर्वसन्ध्यामा, ब्लिंकेनको यस्तो भनाइ आएको हो ।
सीएनएनसँगको अन्तरवार्तामा ब्लिंकेनले, युक्रेनी सीमामा तैनाथ दशौं हजार सैनिक रसियाले फिर्ता लैजानुपर्ने बताएका छन् ।