Logo

२०७८, माघ ६ गते बिहिवार

images
images

कामना सेवा विकास बैंक र मोको एपबिच डिजिटल भुक्तानीको लागि साझेदारी

कामना सेवा विकास बैंक र मोको एपबिच डिजिटल भुक्तानीको लागि साझेदारी

images
images
  • 722
    SHARES
  • images
    कामना सेवा विकास बैंक र मोको एपबिच डिजिटल भुक्तानीको लागि साझेदारी
    images
    images

    काठमाडौँ l कामना सेवा विकास बैंक लिमिटेड र मोको एपबिच फोकुसोन पेमेन्ट सोलुसनको डिजिटल वालेट सुविधा आदानप्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

    images

    उक्त साझेदारी पत्रमा बैंकका प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेत र फोकुसोन पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले संयुक्तरुपमा हस्ताक्षर गरेका हुन ।

    मोको एप नेपालमा पहिलोे ’ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो जसमा ग्राहकहरूले सजिलै आफ्नो कार्डको विवरण राखी तुरुन्तै क्युआर कोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरूमा पेमेन्ट गर्न सक्नेछन् ।

    कामना सेवा विकास बैंक लिमिटेडका भिसा कार्ड प्रयोगकर्ताहरूले अब मोको एपमा आफ्नो डेबिट कार्ड लिंक गरी खरीद तथा विभिन्न सेवाहरूको भुक्तानीको लागि प्रयोग गर्न सक्नेछन् – जस्तै टेलिकम टप–अप, इन्टरनेट र बिजुलीको बिल, आदि। यो सेवालिन डिजिटल वालेटमा ग्राहकहरूले पटक–पटक ब्यालेन्स लोड गरी रहन पर्दैन ।

    काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ एक्सटेन्सन काउन्ट र १ शाखा रहित बैंकिङ सेवातथा ७७  वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

    साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोवाईल बैंकिङ, सि आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापक्ष आफ्ना सेवाहरु थप गर्दे जाने बैंकको योजना रहेको छ ।

    images
    images
  • सम्बन्धित विषय:

  • # कामना सेवा विकास बैंक
  • # मोको एप

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको