Logo

२०७८, माघ ६ गते बिहिवार

images
images

अपि पावर लगानीकर्ताको रोजाईमा !

अपि पावर लगानीकर्ताको रोजाईमा !

images
images
  • 2.0K
    SHARES
  • images
    अपि पावर लगानीकर्ताको रोजाईमा !
    images
    images

    काठमाडौं । मंगलवारको कारोबारमा अपि पावर कम्पनी लिमिटेडको शेयरमा लगानीकर्ताहरुको आकर्षण बढी देखिएको छ । 

    images

    यो दिन कुल कारोबारमा अपि पावरले सर्वाधिक हिस्सा ओगटेको हो । मंगलवार रू. ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार बराबरको १ करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर कारोबार हुँदा अपि पावरको मात्र रू. १६ करोड ८३ लाख २२ हजार बराबरको ३ लाख २९ हजार ९७५ कित्ता शेयर कारोबार भएको हो । 

    सर्वाधिक रकमको शेयर कारोबार भएको कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू. ४ दशमलव ९० ले बढेर अन्तिम मूल्य रू. ५१० दशमलव ९० कायम भएको छ । यस दिन कम्पनीको शेयरमूल्य रू. ५०६ मा खुला भई न्यूनतम रू. ५०३ देखि अधिकतम रू. ५१८ सम्म पुगेको थियो ।

    यस कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर विक्रीको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत असोज २५ गते निवेदन दिएको छ ।

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको