Logo

२०७८, माघ ६ गते बिहिवार

images
images

पाकिस्तानी तालिवान नेता खुरासनी अफगानिस्तानको भूमिमा मारिए

पाकिस्तानी तालिवान नेता खुरासनी अफगानिस्तानको भूमिमा मारिए

images
images
  • पौष २८, २०७८ बुधवार ०८:११ बजे
  • 785
    SHARES
  • images
    पाकिस्तानी तालिवान  नेता खुरासनी अफगानिस्तानको भूमिमा मारिए
    images
    images

    काठमाडौं । पाकिस्तानमा दशकौंदेखि आतंक मच्चाउँदै आइरहेको  आतंकबादी समुह तहरीक ए तालिवान पाकिस्तान टीटीपीका नेता खालिद बटली मोहमद खुरासनी मारिएका छन् । मोस्ट वान्टेडको सुचिमा रहेका खुरासनी अफगानिस्तानको नंगाहार प्रान्तमा मारिएका हुन् ।

    images

    टीटीपीको कमाण्डर समेत रहेका खुरासनीमाथि पाकिस्तानमा सयौं नागरिक र सुरक्षाकर्मीको हत्या गरेको आरोप लागेको छ  । हाल अफगानिस्तानको खैबर प्रान्तमा रहँदै आएको सुचनाको आधारमा उनीमाथि कारबाही चलाइदा  उनी मारिएका हुन् ।


    ५० बर्षिय खुरासनी अफगानिस्तानमा तालीवानी सरकार बनेपछि बारम्बार काबुल जाने गरेको सुचनाको आधारका ब्यापक खोजी भइरहेको थियो । त्यसै क्रममा अफगानिस्तानको गठबन्धन सेनाले उनको हत्या गरेको बुझिएको छ ।

    यद्दपी टीटीपीले बिज्ञप्ती मार्फत आफ्ना नेता  खुरासनीको हत्या नभएको दावी गरेको छ ।

    images
    images
  • सम्बन्धित विषय:

  • # खुरासनी

  • सम्बन्धित समाचार
    धेरै पढिएको