Logo

२०७८, माघ ६ गते बिहिवार

images
images
  • राजनीति
  • निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक, एजेन्डा...

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक, एजेन्डा के ?

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक, एजेन्डा के ?

images
images
  • 491
    SHARES
  • images
    निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक, एजेन्डा के ?
    images
    images

    काठमाडौँ । निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलीयाले शुक्रबार दलहरूसँग परामर्श गर्न बैठक आह्वान गरेको जानकारी दिए ।

    images

    बैकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई मिन्त्रणा गरिएको छ । थपलियाले बैठकका मुख्य गरी तीन एजेण्डा भएको जानकारी दिएका छन् । उनका अनुसार आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र हाल जारी रहेको मतदाता नामावली संकलनबारे जानकारी गराउने तथा स्थानीय तहको मिति तय गर्नेबारे बैठकमा छलफल हुनेछ । ‘मुख्य गरी निर्वाचनको वातावरण बनाउनका लागि हो,’ थपलियाले भने, ‘दलहरुले जे चाहन्छन् त्यसै अनुसार हामी मिति निर्धारण गर्छौं ।’

    आयोगका पदाधिकारीले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेका थिए । तर, सरकारले त्यसबारे अहिलेसम्म कुनै निणर्य गरेको छैन् । २०७४ को वैशाख र असारमा स्थानीय चुनाव भएको थियो । त्यतिवेला निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी ५ जेठ मा सकिँदै छ ।

    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • # सर्वदलीय बैठक

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको