Logo

२०७८, माघ ६ गते बिहिवार

images
images
  • बैंक वित्त
  • माघमा कर्जाको ब्याजदर डेढ प्रतिशतसम्म बढ्ने,...

माघमा कर्जाको ब्याजदर डेढ प्रतिशतसम्म बढ्ने, निक्षेपको ब्याजदर स्थिर

माघमा कर्जाको ब्याजदर डेढ प्रतिशतसम्म बढ्ने, निक्षेपको ब्याजदर स्थिर

images
images
  • 708
    SHARES
  • images
    माघमा कर्जाको ब्याजदर डेढ प्रतिशतसम्म बढ्ने, निक्षेपको ब्याजदर स्थिर
    images
    images

    काठमाडौँ । बाणिज्य बैंकहरुले माघमा पनि  निक्षेपको ब्याजदर नबढाउने भएका छन् । तर, असोज कात्तिक र मंसिर महिनामा बढेको  निक्षेपको ब्याजका कारण माघ  महिनामा १ देखि डेढ  प्रतिशतसम्म कर्जाको ब्याजदर भने बढ्ने भएको छ ।

    images

    निक्षेपको ब्याज बढाएसँगै कर्जाको ब्याज थप बढ्ने र यसले आन्तरिक रुपमा उत्पादन हुने बस्तुको मूल्य बढाउने भन्दै तत्कालका लागि निक्षेपमा पनि  ब्याज  नबढाउने भएका हुन् ।

    बुधबार बैंकका सिइओहरुको छाता संगठन  नेपाल  बैकर्स  एसोसिएसन्ले तत्कालका लागि ब्याज बढाउन नहुने निष्कर्ष निकालेको छ । पुष महिनामा प्रदान गरेको ब्याजमा १० प्रतिशतसम्म ब्याज बढाउन पाउने बाणिज्य बैंकहरुसँग सुविधा छ । तर, कोरोनाको बढ्दो संक्रमण आर्थिक गतिबिधीमा  प्रभाव पार्ने र ब्याज बढाउँदा झनै त्यसले नकारात्मक असर पार्ने आकलन गर्दै ब्याज नबढाउने निष्कर्षमा पुगेको बैंकर्स एसोसिएसन्का पदाधिकारीले बताएका छन् । मंसिरमा १० प्रतिशत ब्याजदर बढाएका बैंकहरुले त्यसयता भने ब्याज बढाएका छैनन् ।

    त्यस्तै अनौपचारिक रुपमा बिकास बैंकका सिइओहरुको  बिचमा भएको कुराकानीमा , कोरोनाका बढ्दो संक्रमण र आर्थिक गतिबिधी अवरुद्ध हुन सक्ने भन्दै बिकास बैंकहरु पनि अहिलेसम्म नबढाउने पक्षमा देखिएका छन् । तर , बिकास बैंकहरुले औपचारिक रुपमा बैठक बसेर यसबारेमा निर्णय भने गरेको छैन ।  ु

    नेपाल राष्ट्र बैंकले  गत असोजमा निर्देशन जारी गर्दै कर्जाको ब्याज बढाउँदा तीन त्रैमासको औसत स्प्रेडदरका आधारमा कर्जाको ब्याजदर तोक्न  निर्देशन दिएको  थियो । गत असोज, कात्तिक र मंसिर महिनामा बढेको  निक्षेपको ब्याजले स्प्रेडदर बढाउने र कर्जाको ब्याज १ देखि डेढ प्रतिशतसम्म बढ्ने बैंकका सिइओहरु बताउँछन् । 

    राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक महिनाको अन्तिममा आगामी महिनाका लागि र निक्षेप र कर्जाको ब्याजदर प्रकाशन गर्नुपर्छ । जसका लागि  ब्याजदर तय  गर्न बुधबार नेपाल  बैंकर्स एसोसिएसन्को बैठक बसेको हो ।

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको