Logo

२०७८, माघ ६ गते बिहिवार

images
images
  • समाचार
  • देउवाका ६ महिना : सरकारको काम...

राजनीति

देउवाका ६ महिना : सरकारको काम अलपत्र राजनीति दाउपेचमै व्यस्त

देउवाका ६ महिना : सरकारको काम अलपत्र राजनीति दाउपेचमै व्यस्त

images
images
  • 1.2K
    SHARES
  • images
    देउवाका ६ महिना : सरकारको काम अलपत्र राजनीति दाउपेचमै व्यस्त
    images
    images

    काठमाडौँ l प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकाल ६ महिना पूरा भएको छ। दोस्रोपटक विघटित प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए।

    images

    संसद पुनर्स्थापनाको फैसला गर्ने क्रममा सर्वोच्च अदालतले देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। उनी पाँच दलीय गठबन्धनका तर्फबाट प्रधानमन्त्री भएका हुन्।

    पाँचौंपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका देउवाको ६ महिने कार्यकाल खासै उपलब्धिमुलक हुन नसकेको भन्दै आलोचना भइरहेको छ। देउवालाई मन्त्रिपरिषद् विस्तार गर्नै तीन महिना लाग्यो । त्यसपछिका तीन महिना प्रधानमन्त्री देउवा सरकारको कामभन्दा पार्टी काममै व्यस्त देखिएको आलोचकले औंल्याएका छन् । पार्टी महाधिवेशन सकिए पनि प्रधानमन्त्रीको कार्यशैली सुध्रन नसकेको कांग्रेसकै नेताहरु बताउँछन् ।

    कोरोना सङ्क्रमण फेरि बढ्न थाले पनि महामारी नियन्त्रणमा सरकारले प्रभावकारी योजना बनाउन सकेको छैन । खोप हुँदा समेत खोप अभियान सुस्त छ । परीक्षणको दायरा र खोपको पहुँच बढाउन सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

    यस्तै बलियो प्रमुख प्रतिपक्षी एमालेलाई मनाउन नसक्दा सरकारले संसद् बैठक चलाउन सकेको छैन । संसद् अवरुद्ध हुँदा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने प्रक्रिया अघि बढ्न सकेको छैन । त्यसो त सत्ता गठबन्धनभित्रै एमसीसीको विषयमा साझा धारणा बनेको छैन ।

    सर्वोच्च अदालतमा भइरहेको आन्दोलनले न्यायालयमाथिको प्रभावकारितामा प्रश्न उठाइरहेको छ । तीन राज्यमन्त्रीसहित १९ मन्त्री सरकारमा सहभागी हुँदासमेत नागरिकले अनुभूति हुने गरी कुनै काम हुन नसकेको विश्लेषकहरूको ठम्याइ छ । साउन २४ मा घोषणा भएको संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम अलपत्र छन् । नेपाली भूमि कालापानीको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादास्पद अभिव्यक्ति दिँदा समेत सरकारले कुनै प्रतिक्रिया दिएको छैन ।

    सीमा समस्या कुटनीतिक ढङ्गबाट सुल्झाउँदै छिमेकी देशसँगको सम्बन्ध सुधार गर्ने नीति कार्यक्रम भए पनि सरकारले त्यसतर्फ ध्यान दिएको छैन । यस्तै पालिकाको चुनाव गर्नुपर्ने समय नजिक आइसक्दा समेत सरकारले त्यसतर्फ ध्यान नदिएको भन्दै आलोचना भइरहेको छ ।

    निर्वाचन आयोगले आउँदो वैशाख १४ गते पालिकाको चुनाव गर्न सरकारलाई सिफारिस गरिसकेको छ । एकै पटक सम्भव नभए वैशाख १४ र २२ गते चुनाव गर्न उपयुक्त हुने आयोगको सुझाव छ । तर सरकारले यसबारे निणर्य गरेको छैन । सरकारले निणर्य गर्न ढिलाइ गरेपछि आयोगले भोलि सर्वदलीय बैठक बोलाएको छ ।

    images
    images
  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • # देउवा

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको