Logo

२०७९, श्रावण ३० गते सोमवार

images
images

एमटी गणको कथाव्यथा कसले सुन्ला चिफसाब ?

एमटी गणको कथाव्यथा कसले सुन्ला चिफसाब ?

images
  • 36.0K
    SHARES
  • images
    images
    एमटी गणको कथाव्यथा कसले सुन्ला चिफसाब ?
    images
    images

    खै किन हो कुन्नि मैले आफूले देखेको र भोगेको अरु इन्फेन्ट्रीभन्दा फरक जिम्मेवारी भनौ या दोस्रो जिम्मेवारी निर्वाह गरेको यस एमटी गण बस्दाको अनुभवलाई चित्रित गर्ने साहस जुटाउने प्रयास गरें । मेरो जीवनमा जागिरको उत्तरार्धमा आफ्नो मनमा लागेको कुरा बिसाउने चौतारी यस साँघु पत्रिकालाई पाएँ र आज मेरो मन हलुका पारेको छु । अन्यथा नलिनुहोला । 

    images

    सेनापतिज्यू † नेपाली सेनाका सबै दर्जालाई जागिरमा प्रमोशन होस् र शान्ति सेना पटक पटक जान पाइयोस् भन्ने इच्छा र आकांक्षा त पक्कै पनि हुन्छ । हो, मलाई पनि हुनु स्वभाविकै हो । मैले पनि त्यसको लागि धेरै संघर्षहरु गरें र आज ४ पटक शान्ति सेना गएर पनि सन्तुष्ट छैन किनकि मानव जीवनमा सन्तुष्टि भन्ने कुरा कमै हुँदो रहेछ । इन्फेन्ट्रीका जवानहरुको सोचाईंमा एमटीमा जाने बित्तिकै पटक पटक शान्ति सेना जान पाइन्छ भन्ने भ्रम छ । म पनि एमटीमा जाने अवसर पाउँदा पनि एमटी पोस्टिङमा गइन । आज मेरो ब्याचीहरु एमटीमा म भन्दा धेरै पछि छन् ।

    एउटा लाल्टिनले उज्यालो टाढा फ्याल्छ तर लाल्टिनको मुनि अँध्यारो हुन्छ भने झैं आज हाकिमको नजिक हुँदैमा सुविधा प्राप्त हुन्छ भन्ने भनाईलाई झुटो सावित गरेको छु । मेरो विचारमा एमटी गणको जवानको मनस्थितिलाई कमजोर पार्ने नीति नियमहरुले आज धेरै जवानहरुले आफू अयोग्यको भारी बोक्न बाध्य भएका छन् । यस गणमा थर्ड ग्रेडले सुवेदार मेजर हुन पाउने नीति छ । त्यो नियम आजको पक्कै होइन होला । २, ३ दशक अघिदेखिकै चलेको नियम हो । किनकि जुन बेला चालकको कमी र समयको अपुगको कारण देखाउँदै बिना कोर्ष विभिन्न दर्जाहरुमा प्रमोशन गर्ने चलन धेरै वर्ष अघिकै हो ।

    तर, विडम्बना देशमा र संस्थामा धेरै परिवर्तन आए, बागमतीमा पानीको सट्टा नालीहरु बग्न थालेका छन् । तर, यस गणमा एउटा मात्र ग्रेड कोर्ष गरेर अधिकृत भएर घर जान पाइने  प्रचलनलाई कुनैपनि नियम, नीति निर्माण गर्ने तहमा रहनुभएका जर्सा’ब चिफसा’बहरुले ध्यान दिन भ्याउनु भएन । अझ यस एमटी गण कमाण्ड गर्न कयौं कमाण्डरले समेत चासो राख्नु भएन । जसको कारण आज हजारौं सैनिकले  अनट्रेनिङ र अयोग्यताको भारी बोक्न विवश र बाध्य छन् । 

    आज इन्फेन्ट्रीमा धेरै जवानहरु बीएमआई अनफिट छन् । तर, एमटी गणको जवानहरु आफ्नो फिजिकल फिटेनश मेन्टेन गर्नेदेखि सम्पूर्ण गाडीहरुको आवश्यक मेन्टेन गर्न सक्षम छन् । तर, आफ्नो ब्याची साथीभाइले बेलाबखत बिना कोर्ष प्रमोशन हुँदा अनटे«निङ र नन कोर्षको गिज्याईले आफ्नो शिरलाई ठाडो गरी हिड्न पनि असहज भएको वेदना पोख्दछन् । गाडी सम्बन्धी त मेन्टिनेन्स, एफएल र सबै आन्तरिक कोर्ष त गरेकै हुन्छन् । मात्र सेकेण्ड ग्रेड र फस्ट ग्रेड मात्र नगरेको त हो । 

    आखिर त्यो पनि हामीलाई गणमै खुलाएर गराए ३÷४ महिना १ वटा कोर्ष गर्न हामी तयार छौं । तर, सँधै अनटे«निङ भनेर हामीलाई असक्षमताको भारी नबोकाइयोस् भन्ने उहाँहरुको महान विचारलाई सम्मान गर्दछु । इन्फेन्ट्रीमा एउटा चालक होस् या विभागीय इलेक्ट्रिसियन पलम्बरले आफूले सिकेको सीप अरुलाई सिकाउन चाहँदैनन् । किनकि उनीहरु दशकौंसम्म एउटै विभागमा बिताउँछन् र सेन्ट्री डिउटी कस्तो हुन्छ भन्ने पनि बिर्सेका हुन्छन् । तर एमटीमा भने ठ्याक्कै उल्टो छ । यहाँ सबै चालक सबै सेन्ट्री राति १२ बजे ट्रक लिएर आएपनि सेन्ट्र पोस्टमा स्वागत हुन्छ । किनकि खै कहिल्यै पनि सेन्ट्रीको संख्या पुग्दैन । सायद आजको आधुनिक र भेहिकलहरुको थपिदो संख्या अनुसार एमटी गणमा दरबन्दी सिर्जना नभएर पनि त्यसको असर परेको हुनसक्छ । 

    अर्काे कुरा यस गणमा कार्यरत चालक रक्षामन्त्री, चार तारे र तीन तारे जर्सा’बहरुको चालक हुनु भनेको सयौं आफ्ना समकक्षी वा सिनियरलाई पछि पार्दै प्रमोशन र शान्ति सेनामा उछिन्नु नै हो । किनकि तीन÷चार तारे जर्सा’बको चालक भएपछि गणको सिनियर भन्दा पहिले प्रमोशन हुने भन्ने अस्वभाविक र अव्यवहारिक परम्परा र रितले गर्दा आज अरु सयौं चालकहरुको मनोबलमा नराम्रो असर परिरहेको छ । किनकि जर्सा’बहरुले आफ्नो चालकलाई प्रमोशन दिँदा गणको कमाण्डरले रोक्ने सक्ने त कुरा भएन । त्यस्तै यस गणको विभागमा रहने अझ भनौं फ्यलु फाँटमा रहने चालकलाई फ्युल फाँट भन्दा अरुको कुनै अनुभव छैन ।

    किनकि मैले थाहा पाएदेखि डेढ दशक अघिदेखि फ्यलु विभागमा रहन ‘भएका खत्री थरका सुवेदारभन्दा अरुलाई त्यो विभागको जिम्मेवारी बहन गर्न असमर्थ भएर हो कि के हो अरु कुनै चालकले पनि फुयलु फाँटमा नियुक्ति पाउन सक्दैनन् । उहाँको जबसम्म जागिरले नेटो काट्दैन तबसम्म उहाँको स्थानमा आउन अरु कसैले सपना देख्नु भनेको जागिरबाट बाहिरिनु जस्तै हो । प्रधानसेनापतिज्यू, आज चिफसा’बको भन्दा मुनि रहेको गणहरुको केही विकृतिहरुको वर्तमान, समय र काल परिस्थिति अनुसार सुधार होस् भनेर सत्यतथ्यमा आधारित केही दुःखहरु पस्किँदा केही कमीकमजोरी भए क्षमा माग्दै विदा चाहन्छु ।    – नेपाली सेनाको सँधै भलो चाहने सुवेदार (साँघु साप्ताहिक)

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको