Logo

२०७८, माघ ६ गते बिहिवार

images
images

वैदेशिक रोजगार

पाँच महिनामा भित्रियो ३ खर्ब ८८ अर्ब रेमिट्यान्स

पाँच महिनामा भित्रियो ३ खर्ब ८८ अर्ब रेमिट्यान्स

images
images
  • 519
    SHARES
  • images
    पाँच महिनामा भित्रियो ३ खर्ब ८८ अर्ब रेमिट्यान्स
    images
    images

    काठमाडौँ l नेपाल भित्रने रेमिट्यान्स घटेको छ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा रेमिट्यानस ६.८ प्रतिशतले कमी आएको छ ।

    images

    अघिल्लो वर्षको सोही अवधिमा ११ प्रतिशतले बढेको रेमिट्यान्स ६.८ प्रतिशतले कमी आएर ३८८ अर्ब ५८ करोड रुपैयाँमा सीमित भएको छ ।

    नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १ लाख ३१ हजार ८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो ।

    त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९ हजार ५८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो ।

    समीक्षा अवधिमा खुद ट्रान्सफर ५.७ प्रतिशतले कमी आई ४३३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.५ प्रतिशतले बढेको थियो ।

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको