Logo

२०७८, माघ ६ गते बिहिवार

images
images

राजनीति

बाबुरामको विचल्ली

बाबुरामको विचल्ली

images
images
  • 792
    SHARES
  • images
    बाबुरामको विचल्ली
    images
    images

    काठमाडौँ l जनता समाजवदी पार्टी(जसपा) को संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई विकल्पको खोजीमा लागेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवसँग सम्बन्ध बिग्रिदै गएपछि भट्टराई नयाँ विकल्पमा लागेका हुन् ।

    images

    नयाँ पार्टी बनाउने वा महन्थ ठाकुरसँग मिलेर जाने भन्नेमा भट्टराई आन्तरिक छलफलमा रहेको भट्टराईनिकट स्रोतको दावी छ । बाबुराम अहिले गोरखामा निर्वाचन कसरी जितिन्छ भन्ने विश्लेषणसहित नयाँ विकल्पको खोजीमा लागेकाे स्राेत बताउछ।

    उपेन्द्र यादवसँग बढ्दो दुरीले भट्टराईलाई ठाकुरतिर लैजान सजिलो बनाइरहेको छ । स्रोतका अनुसार, भट्टराई  र ठाकुर मिलेर नयाँ पार्टी बनाउने र चुनावमा कांग्रेससँग तालमेल हुने संभावना रहेको लोसपाका एक नेताको दावी गरे । अहिले परिस्थिति परिपक्व भइनसकेपनि घटनाक्रम त्यसैतिर अगाडि बढेको छ ।

    बाबुराम भट्टराई अहिले माओवादीसँग मिल्ने अवस्था छैन । माओवादी वा कांग्रेसममध्ये एकको साथ विना गोरखामा चुनाव जित्ने अवस्था हुँदैन ।

    भट्टराई माओवादीको साथ नलिने सोचमा रहेका कारण ठाकुरसँग मिलेर कांग्रेसको साथमा निर्वाचन जित्ने सोचमा रहेका छन् ।

    गोरखाको भट्टराईको निर्वाचन क्षेत्रमा माओवादीका नारायणकाजी श्रेष्ठको प्रभाव पनि बलियो भएकोले माओवादीसँग मिल्दा गोरखामा टिकट पाउने संभावना हुँदैन । त्यसैले पनि उनी माओवादीको विकल्पमा रहेका हुन् ।

    धेरैले अहिले बाबुराम र प्रचण्डसँग मिल्न सक्ने चर्चा गरेपनि खासमा बाबुराम समाजवादी केन्द्र बनाएर महन्थ ठाकुरसँग मिल्ने उनीनिकट स्रोतको दावी छ । बाबुरामले आफूनिकटका नेताहरुलाई आउँदो निर्वाचन अन्तिम भएकोले सहयोग गर्न भनिरहेका छन् ।

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको