Logo

२०७८, माघ ६ गते बिहिवार

images
images

एमालेको नयाँ कीर्तिमान

एमालेको नयाँ कीर्तिमान

images
images
  • 687
    SHARES
  • images
    एमालेको नयाँ कीर्तिमान
    images
    images

    काठमाडौँ l प्रतिनिधिसभा अवरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नयाँ कीर्तिमान बनाएको छ । २०५७ सालको आफ्नै कीर्तिमानलाई एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनमा पछाडि पार्दै कीर्तिमान बनाएको हो ।

    images

    त्यस बखत लाउडा प्रकरणमा एमालेले ५७ दिन अवरोध गरेको थियो । त्यस अवरोधलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले समेत एमालेलाई साथ दिए ।

    यसपटक एमालेले नवौं अधिवेशनमा ५२ दिन र चालू अधिवेशनमा मंसिर २८ यताका सबै बैठकमा अवरोध गरिरहेको छ । बिहीबारसम्म दुवै अधिवेशन गरे र ८३ दिन पुगिसकेको छ । नवौँ अधिवेशनका १३ र चालू अधिवेशनका तीन बैठक एमालेकै कारण चल्न सकेका छैनन् । विघटनपछि पुनःस्र्थापित प्रतिनिधि सभाको नवौँ र १०औँ अधिवेशनमा पनि एमालेको अवरोध जारी छ । गोरखापत्र दैनिकमा खबर छ ।

    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • # नेकपा एमाले

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको