Logo

२०७८, माघ ६ गते बिहिवार

images
images
  • पर्यटन
  • नुवाकोटमा वर्षेनी माघ १ गते हुदै...

नुवाकोटमा वर्षेनी माघ १ गते हुदै आएको गोरु जुधाई मेला यसपटक स्थगित

नुवाकोटमा वर्षेनी माघ १ गते हुदै आएको गोरु जुधाई मेला यसपटक स्थगित

images
images
  • पौष ३०, २०७८ शुक्रवार १०:१८ बजे
  • 323
    SHARES
  • images
    नुवाकोटमा वर्षेनी माघ १ गते हुदै आएको गोरु जुधाई मेला यसपटक स्थगित
    images
    images

    वर्षेनी माघे माघे संक्रान्तिका दिन नुवाकोटमा हुदै आएको गोरु जुधाई मेला यस वर्ष नहुने भएको छ ।  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने ऐतिहासिक गोरु जुधाई मेला यस वर्ष स्थगन गरिएको हो ।

    images

    कोभिड–१९ को जोखिम वृद्धि हुँदै गएसँगै रोग नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएसँगै ऐतिहासिक महत्वको  गोरु जुधाई प्रतिस्पर्धा नहुने भएको हो । 

    नुवाकोटका  तारकेश्वर गाउँपालिकाको तारुका, तादी गापाको सातबीसे, लिखु गापाको सूर्यमति, पञ्चकन्या गापाको पञ्चकन्या, शिवपुरी गापाको शेराबगर, बेलकोटगढी नगरपालिकाको झिल्टुङ्ग, नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीलगायतका ठाउँमा वर्षेनी गोरु जुधाइ मेला लाग्ने गरेको थियो । 

    बझाङी राजा जयपृथ्वीबहादुर सिंहको मावली गाउँ तारुकामा भान्जालाई मावली आउँदा स्वागत गर्न गोरु जुधाएपछि तारुकामा गोरु जुधाउने परम्परा सुरु भएको बताईन्छ ।

    नुवाकोटको बेत्रावतीमा भने नेपाल–चीन र भोट युद्धपछि गरिएको सम्झौताको सम्झनामा गोरु जुधाउनले परम्परा बसेको किंवदन्ती पाईन्छ । सोही अनुसार यस परम्परालाई अहिलेका पुस्ताले पनि पहिचानको रुपमा निरन्तरता दिइरहेका छन् ।

    पछिल्लो समय नुवाकोटको पर्यटनलाई समेत गोरु जुधाई मेलाले सहयोग पुगेको स्थानीयको अनुभव छ । 

     

    images
    images
  • सम्बन्धित विषय:

  • # गोरु जुधाई मेला

  • सम्बन्धित समाचार
    धेरै पढिएको