Logo

२०७९, आश्विन १९ गते बुधवार

images
images

सेना समाचार

मन्त्रिपरिषदमा पुग्याे भावी प्रधान सेनापतिकाे फाइल

मन्त्रिपरिषदमा पुग्याे भावी प्रधान सेनापतिकाे फाइल

images
  • 47.8K
    SHARES
  • images
    मन्त्रिपरिषदमा पुग्याे भावी प्रधान सेनापतिकाे फाइल
    images
    images
    images

    काठमाडौँ - नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले संभार रथी विभागका प्रमुख उपरथी ताराध्वज पाण्डे र सीताराम खड्काको २ वर्ष म्याद थपका लागि रक्षा मन्त्रालयमार्फत नेपाल सरकार समक्ष सिफारिस गरेको खबर छ ।

    प्रधान सेनापतिले गरेको सिफारिसलाई ढिलोचाँडो मन्त्रिपरिषद्को बैठकले सदर गर्ने भएपनि यी दुई उपरथीहरुको म्याद थप रोक्नका लागि निकै नै चलखेल भइरहेको स्रोत बताउछ ।

    तीनजना  उपरथीहरुको तीन वर्षे कार्यकाल सकिने र थप दुई वर्ष म्याद थप गर्न सकिने सैनिक नियमले गरेको व्यवस्था अनुसार, ताराध्वज पाण्डे, सीताराम खड्का र अनन्त कार्की रहेका थिए  ।

    यी तीन जना जर्नेल मध्ये विगतको विवादस्पद भूमिका र प्रधान सेनापति प्रभुराम शर्मा समक्ष उजुर बाजुरका कारणले गर्दा उपरथी अनन्त कार्कीको भने म्याद थपका लागि सिफारिस हुन नसकेको सैनिक स्रोत बताउछ । म्याद थपका लागि सिफारिस नभएका कारण उपरथी कार्की २०७८ साल माघ २५ गतेबाट अवकाश जानु पर्ने हुन्छ ।

    हाल मन्त्रिपरिषदमा रहेकाे म्याद थप सम्बन्धी प्रधान सेनापति शर्माको सिफारिस अनुसार गठबन्धन सरकारले ताराध्वज पाण्डे, सीताराम खड्काको म्याद थप गरेमा प्रधानसेनापति प्रभुराम शर्माकाे अवकासपछि सेनाको भावी नेतृत्व समेतको टुंगो लाग्ने छ । 

    सिफारिस भएका उपरथी दुई जना मध्ये म्याद थप हुनासाथ सामान्य अवस्था रहेमा उपरथी ताराध्वज पाण्डेको रथी र महारथी प्रधान सेनापति दुई तहको बढुवाका लागि भाग्योदय चिठ्ठा खुल्ने छ  ।

    प्रधान सेनापति प्रभुराम शर्मा ३ वर्षे कार्यकाल पूरा भएपछि वि.सं. २०८१ साल भदाै २४ गते सेनाको प्रधान

    सेनापति  पदबाट अवकास पाउनेछन् । त्यसपछि सामान्य अवस्था कायम रहेमा त्यसबखत  वरिष्ठ रथीकाे हैसियतले ताराध्वज पाण्डेले प्रधान सेनापति बन्ने अवसर पाउने छन् । यसै कारण नेपाली सेनाको भावी नेतृत्व र संगठनमा नै गम्भीर प्रभाव पर्ने भएकाले एउटा पक्ष भने  उपरथीद्वय पाण्डे र खड्काको २ वर्ष म्याद थपको सिफारिसलाई  रोक्ने प्रयासमा लागेको स्रोत बताउछ । हाल यी दुई उपरथीको म्याद थपको सिफारिस फाईल मन्त्रिपरिषदमा निर्णय पर्खेर बसेको स्रोत बताउछ ।   

    पूर्व प्रधान सेनापति पूर्णचन्द्र थापाका नातेदार ताराध्वज पाण्डेका लागि पूर्व रथी पवन पाण्डेहरु समेत उनको म्याद थपका लागि विशेष रुपमा सक्रिय भएको स्रोत बताउछ । पूर्व प्रधान सेनापति पूर्णचन्द्र थापा र पवन पाण्डेहरु सफल भएमा उपरथी ताराध्वज पाण्डे भावी प्रधान सेनापतिको लाइनमा ढुक्कले बस्नेछन् ।

    प्रधान सेनापति पूर्णचन्द्र थापाका आफन्त भएकाले अवकास हुने बेलामा नेपाली सेनाको मालदार अड्डा मानिने संभार रथी विभागको प्रमुखको जिम्मेवारी ताराध्वज पाण्डेलाई दिएका थिए । हालका प्रधानसेनापति प्रभुराम शर्माले समेत पाण्डेलाई संभार मै यथावत राख्नुका साथै म्याद थपको समेत सिफारिस गरेकाले उनको पनि सदासयता रहेको स्पष्ट हुन्छ ।(साँघु साप्ताहिक, २०७८ माघ ३ गते)

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको