काठमाडौँ – कोभिड – १९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि आजदेखि लागू हुनेगरी धार्मिक कार्यक्रम पनि संकुचन गरिएको छ।
काठमाडौँ उपत्यकामा रहेका तीन वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आजदेखि माघ मसान्तसम्म मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा नित्य पूजा, ध्यान र प्रार्थनामात्र खुला रहने बताएका छन्। त्यसबाहेकका पूजापाठ हुने छैन।
पशुपति क्षेत्र विकास कोषले पनि एक सूचना जारी गरी आजबाट लागू हुनेगरी पशुपतिनाथ, गुहेश्वरीलगायत पशुपति क्षेत्रका मठमन्दिरमा परम्परागत नित्य पूजाबाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरिएको जानकारी दिएको छ।