काठमाडौं। पूर्वयुवराज्ञी हिमानी शाह अमेरिका पुगेकी छन्। मंगलबार उनी राजधानी वासिङटन डिसीस्थित डल्लास विमानस्थलमा अवतरण गरेकी हुन्। उनलाई स्वागत गर्न नेपाली समुदायका अनेक मुर्धन्य व्यक्ति विमानस्थल पुगेका थिए।
हिमानी ट्रष्ट अमेरिकाको उद्घाटनका लागि उनी पुगेकी हुन्। ट्रष्टको अमेरिकी च्याप्टरले उनलाई प्रमुख आतिथ्यका लागि निमन्त्रणा गरेको थियो। उनी ट्रष्टकी अध्यक्ष हुन्।
हिमानी ट्रष्ट अमेरिकाका पदाधिकारीहरुको साथै समाजिक क्षेत्रमा स्थापित सामाजिक अभियन्ताहरुले उहालाई पुष्प गुच्छा तथा खादाद्वारा सम्मानपूर्वक स्वागत गरेका थिए।
हिमानी ट्रष्ट अमेरिकाका भर्जिनिया निवासी अध्यक्ष हरि शर्मा, महासचिव आनन्दु लामा, क्यालिफोर्नियाबाट आएका सामाजिक अभियन्ता अनिल पाण्डे, भर्जिनियाका अरुण रुपाखेती, हिमानी ट्रष्ट केन्द्रीय सदस्य मोहन निरौला, चर्चित समाचार वाचिका रमा सिंह, सामाजिक महिला कार्यकर्ता प्रभा भट्टराई देउजा लगायतले उनको स्वागत गरेका हुन्।
हिमानी दुई साता अमेरिका बस्नेछिन्। उनका विभिन्न कार्यक्रम राखिएका छन् भने सम्मानमा नेपाली समुदायबीच ठूलो क्रेज देखिएको छ।