Logo

२०७९, जेठ ११ गते बुधवार

images

images

चिफसाब ! महिला सैनिकलाई किन यतिका विभेद ?

चिफसाब ! महिला सैनिकलाई किन यतिका विभेद ?

images
  • 35.1K
    SHARES
  • images
    images
    चिफसाब ! महिला सैनिकलाई किन यतिका विभेद ?
    images
    images

    प्रधान सेनापतिज्यू,  नेपाली सेना राष्ट्रको एउटा दरिलो खम्बा हो । सारा जनताले सेनासँग धेरै आशाहरु राख्नु स्वभाविक पनि हो । तर, संस्थामा नेतृत्व गर्ने जर्साब, चिफसाबहरुले आफ्नै संस्थाभित्रको पुराना परम्परालाई अंगाल्नु मात्रै के संस्थाको हितमा छ त ?

    images

    अझै एक्काईसौं शताब्दीमा समयले मागेको रोल या सेनाको नेतृत्वले ध्यान नदिनु भनेको त जागिर खाउँ अनि घर जाउँ मात्रै भएको छ ।

    यस्तो सैनिकभित्र हुन र भएका तालिम सम्बन्धी केही समय सापेक्ष परिमार्जित गर्नुपर्ने तालिमहरु बारेमा हामी प्रधानसेनापति मार्फत अनुरोध गर्न चाहन्छौं ।

    आज हामी सैनिक महिला कर्मचारी भएर मानसिक रुपमा सम्पूर्ण कुरामा फिट हुँदाहुँदै पनि आफ्नो भौतिक अवस्था र शरीरका केही अस्वस्थताले गर्दा आज अयोग्य जस्तै भई पुरुष कर्मचारीभन्दा कमजोर बनाइएको छ । के प्रजनन प्रक्रिया हुनु, सन्तान उत्पादन गर्नु नै महिला सैनिकको अयोग्यताको सर्टिफिकेट हो र चिफसाब् ? नत्र भने आज हामीलाई बच्चा उत्पादन पछि किन फिजिकल फिटनेश कमजोर भनि तालिममा पुरुष सैनिक भन्दा दोस्रो श्रेणीको दर्जामा राखिन्छ ? के यो हाम्रो गल्ती हो ? के एउटा सैनिक महिला कर्मचारी आमा बन्नु अपराध हो ?

    होइन भने किन आज एक्काईसौं शताब्दीमा आएर पनि ३४ महिनाको तालिममा हामीलाई आफ्नो शरीरले सक्नेजति आफ्नो स्वास्थ्यलाई ध्यानमा राखी तालिम गर्न संस्थाले किन ध्यान दि“दैन चिफसाब । बुढापाकाको भनाईलाई आत्मसात गर्ने हो भने मानिस जागिर पुरानो र संस्था पुराना भएर मात्र परिपक्व हुँदैन, परिपक्व हुनलाई त आफूले गरेको अनुभव र जिम्मेवारी नै हो ।

     भर्खर जन्मेको संस्था सशस्त्र प्रहरीका महिला कर्मचारीलाई जागिरको ५, ७ वर्षभित्र फिजिकलसम्बन्धी तालिमका सम्पूर्ण कोर्षहरु गराइन्छ । चाहे सिपाहीदेखि अधिकृतसम्म आवश्यक हुने कोर्ष किन नहोस् । तर, नेपाली सेनामा भने यस्ता छैन । यहाँ आज १९औं वर्षपछि पनि प्रमोसनको लागि अति कठिन तालिम गर्न बाध्य पारिन्छ । यो तालिम संस्थाले ५, ७ वर्षको जागिरको अवधिमा गराउन किन सक्दैन ?

    एउटा महिला सैनिकको पनि आफ्नो घर हुन्छ । परिवार हुन्छ, आफ्ना नातागोता हुन्छन् । प्रजननसम्बन्धी एउटा साधारण महिलाजस्तै सन्तानको इच्छा र आवश्यकता हुन्छ । जब परिवारको इच्छा र निर्देशन पनि पालना गर्नुपर्दछ । परिवारलाई समय नदिनु भोलि परिवारमा फाटो आउन सक्छ ।

    सबैलाई खुसी राख्नु र संस्थामा रहेर अनुशासित भए र आफ्नो जिम्मेवारी पूरा गर्न महिला सैनिकको लागि आफ्नो जीवन त्यति सरल पक्कै छैन ।

    जब विवाह बन्धनमा बाँधिएकी महिला अधिकांशले २५ देखि ३० वर्ष भित्रमा सन्तानको जन्म दिएका हुन्छन् । यस उमेरमा उनीहरु जागिर भनेको भर्खर १०, १२ वर्षमा दौडिरहेको हुन्छ ।

    यस समयमा सेनाको १० प्रतिशतदेखि २० प्रतिशत तालिम गरेका हुन्छन् । ग्रेडका कोर्ष भनेको भर्खर तेस्रो ग्रेडमा गरेका हुन्छन्, बा“की फिजिकल तालिम (कोर्स) गर्न बा“की रहन्छ ।

    महिला सैनिकले २ वटा बच्चा जन्माउँदा दुई ठाउँमा शरीर अपरेशन गरेको हुन्छ र बेल्ट (पेटी) पनि राम्रोस“ग लगाउन गाह्रो हुन्छ भने कडा फिजिकल गर्न त झनै गाह्रो हुन्छ । यस्तो अवस्थामा आफ्नो रोटेशनमा तालिममा सहभागी भएर पुरुष सैनिकको तुलनामा महिला कर्मचारी शारीरिक रुपमा कमजोर हुनु स्वभाविकै हो ।

    तर, ग्रेडसम्बन्धी सम्पूर्ण कोर्ष महिला कर्मचारीलाई जागिरको ८, १० वर्षभित्र पूरा गर्न नेतृत्व र नीति निर्माण तहमा रहनुहुने चिफसाब, जर्साबहरुले नियम परिमार्जित गरेर व्यवहारिक हुनेगरी गर्नका सोच्ने बेला आएन र चिफसाब ?

    अझ भनौं भने सैनिक कर्मचारी र इन्फेन्ट्रीमा पनि प्रमोशन हुनको लागि तालिममा हामीले ज्यादै फरक र अनौठो प्रचलन रहेको पाएका छौं । चिफसाब महिला सैनिक कर्मचारीले आफ्नो भर्खरको दुधे बच्चालाई छाडेर दोस्रो ग्रेड र पहिलो ग्रेड कोर्ष गर्नको लागि सुवेदार नहुँदै २५ किलोको झोला र गोलीगठ्ठा, हतियार बोकेर तालिममा दौडधुप र आवश्यक काम गर्नुपर्ने हुन्छ ।

    तर, नाम मात्रको इन्फेन्ट्री गण आपूर्ति तथा परिवहन गण (एमटी) मा भने एउटा मात्र ग्रेड तेस्रो ग्रेडको कोर्ष मात्र गरेर पनि अधिकृतसम्म हुने बाटो क्लियर हुन्छ । यो कस्तो विडम्बना हो चिफसाब । एमटी गणको पनि आफ्नै ठूलो जिम्मेवारी छ, त्यो हामी बुझ्दछौं । तर, हामी महिला सैनिक कर्मचारी जति पनि कोर्ष पूरा नगरी प्रमोशनको लागि मार्ग प्रशस्त गर्नु भनेको संस्थामा कसैलाई काखा र कसैलाई पाखा भने जस्तै विभेद भएन र ? हाम्रो माग भनेको कसले कोर्ष गर्ने/नगर्ने भन्ने पक्कै होइन ।

    हामी महिला सैनिक कर्मचारीको माग त आवश्यक तालिम हामी गर्न सक्षम छौं तर उमेर छँदै बच्चा जन्मिनुभन्दा पहिला आवश्यक सबै तालिम पूरा गर्न पाए हाम्रो मनोवल गिर्ने थिएन र भौतिक रुपमा कमजोर महसुस गर्ने पनि थिएनौं भन्ने मात्र हो ।

    सबै युनिटहरुको आआफ्नै तालिमहरु रहेका छन् र हुन्छन् । सिग्नलले पनि ग्रेड र आन्तरिक कोर्ष दुबै तालिम गरेको हुन्छ । इन्जीनियर, आर्टिलरी सब युनिटको दोहोरो कोर्ष पूरा नगरी प्रमोशन हुने बाटो खुल्दैन । अझ भन्नुपर्दा सिभिलियनमा रहने इन्टेलिजेन्स र डीएमआई युनिटले पनि सबै ग्रेड र आन्तरिक कोर्ष पूरा गर्नुपर्दछ ।

    तर, एमटी गणले भने महिला सैनिक कर्मचारीको जत्ति पनि कोर्ष पूरा नगरी जम्मा १ वटा तेस्रो ग्रेड कोर्ष गरेको भरमा अधिकृत हुन पाउने प्रचलन नेपाली सेनामा रहेको २, ३ दशक अघिदेखिक हो । तर, पनि हाम्रो यसमा कुनै कमेन्ट छैन ।

    हाम्रो निवेदन भनेको आफ्नो उमेर र स्वास्थ्य स्थिति अनुकूल भएको अवस्थामा समय सापेक्ष महिला सैनिक कर्मचारीलाई पनि तालिमहरु गराइएमा संस्था अझ मजबुद र महिला सैनिक कर्मचारीको सेवा गर्न दृढ इच्छाशक्ति जागृत हुने थियो ।

    आज देशको दरिलो र मजबुद खम्बा नेपाली सेनालाई भर्खर जन्मेको संस्था सशस्त्र प्हरी गणसँग तुलना गर्ने थिएन होला । आज सशस्त्र प्रहरी गणमा तालिम र अनेकौं कुराहरु ज्यादै नै समय सापेक्ष भएको छ ।

    यस्ता राम्रा कुराहरुको अनुशरण हामी जोकोहीले पनि गर्नुपर्दछ । आज कर्तव्य पालनाको सिलसिलदामा होस् वा डिउटीको अवस्थामा सैनिकको अंगभंग भएमा उसलाई अयोग्यको बिल्ला भिडाई तालिमबाट बञ्चित गराई प्रमोशन हुनबाट रोक लगाईको छ ।

    के यसले नेपाली सेनाको संस्थागत हित चाहने र संस्था र राष्ट्रको लागि रगत बगाउने पुरुष हुन् वा महिला । यस्तो विभेदले गर्दा सैनिकहरुको मनोबलमा ज्यादै चोट पु¥याएको छ ।

     के नेपाली सेनाको कुनै सिपाही देश र जनताको लागि जिउज्यान प्रवाह नगरी कर्तव्य पालनको अवस्थामा अपांगता हु“दा उसलाई असक्षमताको बिल्ला भिडाई आवश्यक तालिम र प्रमोशनमा रोक लगाउनु भनेको सैनिकको कार्य गर्ने मनोबल र भावनामा नै रोक लगाउनु जस्तै भएन र चिफसाब ?

    हिजोको कुरा छाडौं , आज नेपाली सेनाको नीति निर्माण गर्ने नेतृत्व तहमा रहनु भएका जर्साब, चिफसाबले आफ्नो १०–५ बजेको जागिर मात्र पूरा नगरी संस्थाको विभेदकारी नीति नियमलाई समय सापेक्ष परिमार्जित गर्नुहुनेछ भन्ने आशा राखेका छौं ।
     –पीडित सैनिक जमदार कर्मचारीहरु, नेपाली सेना (साँघु साप्ताहिक)

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको