काठमाडौँ । अर्थतन्त्र बिस्तार हुन नसकिरहेका बेलामा बढेको महंगीले मुलुकलाई आर्थिक संकटमा धकेल्न लागेको देखिएको छ। आर्थिक बिस्तारसँगै बढेको महंगीस स्वाभाविक रुपमा लिइने गरेको भएपनि आर्थिक बिस्तार नहुँदाका बेलामा महंगी बढ्नुले मुलुक आर्थिक संकटमा धकेलिदै छ भनेर देखाउँछ ।
सरकारले सात प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य राखेको भएपनि सो लक्ष्य पुरा हुनेगरि आर्थिक क्रियाकलाप बिस्तार हुन सकेका छैनन् । जसका कारण विश्व बैंकले सरकारी लक्ष्य पुरा नहुने र आर्थिक बृद्धि ३ दशमलव नौ प्रतिशतभन्दा माथि जान नसक्ने आकलन सार्वजनिक गरिसकेको छ ।
अर्थतन्त्र बिस्तार हुन नसक्ने आकलन बाहिर आइरहेका बेलामा नेपाल राष्ट्र बैंकले महंगी सिमा बाहिर गएको देखाएको छ । अर्थतन्त्र बिस्तार नहुनु र महंगी बढ्नुलाइ सुखद मान्न सकिदैन ।
यसभन्दा अघि सन् २००८ मा उर्जा संकटका कारण बिश्वब्यापि मन्दी छाएको थियो । यसपछि कोरोना महामारीका कारण बिश्वका केहि मुलुकमा फेरी आर्थिक मन्दी छाएको छ । अमेरिकाकाको नेशनल ब्युरो अफ इकोनोमिक रिसर्चले गत वर्षको जेठमा अमेरिकाको अर्थतन्त्रमा मन्दीमा फसेको घोषणा गरेको थियो । सन् १९७४ मा अमेरिकन अर्थविद् जुलियस स्वीस्कीनले दुई त्रैमास निरन्तर अर्थतन्त्र घट्नुलाई आर्थिक मन्दिका रुपमा ब्याख्या गरेका थिए । त्यस्तै अमेरिकाकाको नेशनल ब्युरो अफ इकोनोमिक रिसर्चले बस्तुको खपतमा कमि आउँने, कामदारको तलब तथा ज्याला घट्ने र रोजगारीका अवसरहरु कटौति हुदै जानुलाई मन्दीका रुपमा ब्याख्या गर्छ ।
घरजग्गाको कारोबारमा संकुचन आउनु र बैंकमा लगानीयोग्य रकमको अभाव हुनुपनि मन्दि हो । नेपालमा अहिले सरकारले पुँजीगत खर्च गर्न नसकेका कारण बैंकमा लगानीयोग्य रकमको अभाव देखिएको छ भने पछिल्लो समय घरजग्गाको बिक्रीमा पनि कमि आएको छ । बैंकबाट कर्जा बढेपनि त्यसले रोजगारी बढाउन सकेको छैन । जसका कारण यसको समेत समयमै अध्ययन गर्नुुपर्ने आवश्यकता छ ।
पुँजीगत खर्चमा बृद्धि सँगै बाह्य ऋण तथा अनुदान बढाएर सरकारले मुलुकलाई आर्थिक मन्दीमा फस्नबाट बचाउन सक्छ । त्यसका लागि प्रधानन्त्रीकै अग्रसरतामा बिकासे मन्त्रालयसँग छलफल गरि खर्च हुन नसक्नुक कारण पहिल्याएर त्यसको समाधान गर्नुपर्छ ।