Logo

२०७९, जेठ ११ गते बुधवार

images

images

सफल ब्यबस्थापकका खम्बा प्रदिप बस्नेत

सफल ब्यबस्थापकका खम्बा प्रदिप बस्नेत

images
  • 6.0K
    SHARES
  • images
    images
    सफल ब्यबस्थापकका खम्बा प्रदिप बस्नेत
    images
    images

    प्रमुख कार्यकारी अधिकृत
    बि एंड सी मेडिकल कलेज र पुर्वान्चल क्यान्सर हस्पिटल, बिर्तामोड, झापा

    images

    उच्च शिक्षा हासिल गरे लगत्तै उदीयमान र प्रखर प्रोफेसनल प्रशासक प्रदीप बस्नेतले नेपाली उड्डयन क्षेत्रमा निजी क्षेत्रबाट प्रतिनिधित्व गरेको बृद्ध एयर कम्पनीबाट सेवा आरम्भ गरेका हुन्।

    भण्डै १० वर्ष उडड्यन क्षेत्रमा अनवरत रुपमा सेवा गरेपछि उनीले एयरलाइन्स क्षेत्रबाट बिदा लिई ट्राभल्स एंड तुरिजम्स व्यावसाय सुरु गरे साथ साथै उनीले नेपाली उत्पादनलाई विस्वसामु चिनाउनु पर्छ भनि आयातमुखी मात्र नभई निर्यातमुखी हुनुपर्छ भन्ने मान्यता राखी अमेरिका, ऑस्ट्रेलिया ,जापान जर्मन लगाएतका देशमा नेपानी घरेलु उत्पादन देखि कृषि जन्य खाध्य वस्तु समेत निर्यात गरे  तत्पश्चात यिनलाई नयाँ क्षेत्रमा केही गर्ने मनसाय भयो र देशको ख्यातिप्राप्त व्यावसायीक समूह चौधरी ग्रुपमा कार्य गर्ने अवसर जुट्यो र उनि चौधरी ग्रुपको  एक डिभिजन अन्तर्गतमा भएका विभिन्न उधोग कलकारखाना लगाएत देशको चर्चित ख्यातिप्राप्त स्वास्थ्य क्षेत्रको एक प्रमुख पिलरको रुपमा रहेको नर्भिक इन्टरनेशनल अस्पतालमा महाप्रवन्धकका रुपमा आफ्नो सेवा सुरु गरे।

    महाप्रवन्धकका रुपमा उनले त्यहाँ रहँदा कर्मचारीको मनोबल उच्च भए संस्था सदैव बलियो हुन्छ भन्ने मान्यता राखि संस्था र कर्मचारीहरुको हित हुने कार्यमा सफल व्यवस्थापकीय जिम्मेवारी निर्वाह गरिरहेका उनले त्यहाँ कार्यरत रहँदा प्रशासनिक, मानव संशाधनको विकास र सरकारी निकायहरुसँगको सम्बन्धमा उल्लेख्य सुधार गरेको पाइन्छ।

    प्रशासन र मानव संशाधन विभागमार्फत उनले कर्मचारीको कार्य कौशल मूल्यांकन प्रणाली उत्पेरणा तथा वृत्ति विकास प्रणाली, सीप अभिवृद्धि तथा तालिम, कार्यक्षमता तथा नेतृत्व  र नविकरण तथा उचित दण्ड एवम् पुरस्कारका वैज्ञानिक मापदण्ड तयार पारी संस्था र कर्मचारी हितमा सर्वान्ग्रित विकास गरेको पाइन्छ।

    ‘खुसी र उमङ्ग ओतप्रोत कर्मचारी वास्तवै मै संस्थाका सम्पत्ति सावित हुन्छन्। तिनले सदैव हातले होइन कि मस्तिष्कले काम गर्छन्। सदैव संस्थाको हितमा सोच्दछन्। तिनीहरु संस्थाको प्रगति उन्नतीमा तगारो बन्दैनन्।  ती सबै विषयमा संस्थाको प्रशासन र मानव संधाधन विभागले मियोको काम गर्दछन्। त्यसैलेत प्रशासन र मानव संशाधनलाई कुनै पनि संस्थाको स्तरीय व्यवस्थापनका लागि खम्बा मानिन्छ्, बस्नेत अर्थ्याउछन्।

    विभिन्न विधाका चिकित्सकहरु, नर्सिङ कर्मचारी र गैरचिकित्सक कर्मचारी, विभिन्न प्राविधिक कर्मचारी कार्यरत ग्रुपमा उनलाई राम्रो रुचाइएको प्रशाक मानिन्छने। यद्यपी, कर्मचारीको पक्षमा बोल्यो, कर्मचारीकै पक्षमा काम ग¥यो भन्ने आरोप यदाकदा उनलाई लाग्ने गरेको थियो। तरपनि उनले जे सही देख्यो त्यो विषयबाट पछि हट्दैन्थे। आफुलाई सही लागेको र संस्थाको लागि सम्पूर्ण विकासमा उपयोगी नीतिमा निर्भिकतापूर्वक लाग्ने उनको बानी स्वभाव अनुकरणीय छ। उचित समयमा सहि निर्णय गर्ने ,हरेक कार्य गर्नु पूर्व सुस्म अनुसन्धान र गहिरो अध्यन गर्ने बस्नेत आफ्नो निर्णयमा कहिल्यै नचुकेको बताउछन् ।

    गत वर्ष असोज महिनामा विस्व महामारीको रुपमा फैलिएको कोरोन भाइरसले यिनलाई नि छोडेन घरमा बृद्ध आमा र भान्जी भएको कारण छुटै आइसोलेशनमा बसी कोरोन भाइरसलाई जितेका बस्नेत आफु तग्रिन नपाउदै चौधरी ग्रुप छोडेर झापा स्थित बि एंड सी मेडिकल कलेज र पुर्वान्चल क्यान्सर हस्पिटलको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार समाल्न पुगे। उनको आगमन पश्चात यी दुबै अस्पतालमा धेरै सुधारआई  बिसिस्ट स्वास्थ सेवा पाउन थालेको सुन्न पाइन्छ।

    आफुलाई  कोरोन भाइरस हुदा पाएको पिडा र अनुभवलाई मध्यनजर गरि  कोरोनको उच्च विन्दुमा रहेको बेला सबैमा डर त्रासले बयाभित अवस्थामा कसैले उपचारबाट बन्चित भइ जिवन नजाओस भन्ने उदेस्य राखी बि एंड सी मेडिकल कलेजमा १५० बेडको कोरोना उपचार सेवा सुरुगर्न अहोरात्र खटेका थिए यस बर्ष २०० बेडमा संचालित उक्त कोभिड उपचार सेवामा राजधानीका लगाएत देशका अधिकांश ठाउँबाट उपचारकालागी आउनुहुने बिरामीहरुले स्तरीय उपचार सेवा प्राप्त गरी नयाँ जिवन प्राप्त गरिरहेका छन्।

    मेडिकल कलेज संचालनको तरखरमा रहेको पूर्वाञ्चलकै एकमात्र बृहत र सुविधासम्पन्न बि एंड सी मेडिकल कलेज र देशकै सुविधासम्पन्न र व्यवस्थित अस्पतालमध्येको एक क्यान्सर अस्पतालको स्तरीय व्यवस्थापनमा लागि परेका बस्नेत आफ्नो उद्देश्यमा सफल रहुन्। ती दुबै संस्थालाई अझै चुस्त र प्रभावकारी सेवा र बिरामीको उपचारमा सहजीकरण गर्न तथा समुदायको परिस्कृत पार्दै स्वास्थ्य सेवालाई प्राप्त गर्ने सर्वसाधारणको चाहना पुरा गराउन सफल रहुन

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको