काठमाडौँ l जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ माघदेखि आईपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा पाँच करोड २२ लाख रुपैयाँ बराबरको पाँच लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।
लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता सेयरमध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात् आठ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागानी कोषहरुलाई सुरक्षित गरेको छ । बाँकी चार लाख ८७ हजार ९०० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले यसमा माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्नेमा मध्यम जोखिम रहेको संकेत गर्दछ।
लघुवित्तको हाल चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ छ। आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी १६ करोड पुग्नेछ ।