Logo

२०७९, आश्विन २० गते बिहिवार

images
images

सेनाको स्पेशल फाेर्समा चाचाजीको हालिमुहाली !

सेनाको स्पेशल फाेर्समा चाचाजीको हालिमुहाली !

images
  • 28.6K
    SHARES
  • images
    सेनाको स्पेशल फाेर्समा चाचाजीको हालिमुहाली !
    images
    images
    images

    स्थानान्तरण नै नहुने गणलाई किन लखेटियाे ?

    श्रीमान् चिफसाब (प्रधानसेनापति)ज्यू, विश्वमा बदलिंदो परिस्थितिमा बढ्दो सुरक्षा चुनौतीहरूको सामना गर्न नेपाली सेनाको गहनाको रूपमा रहेको  युद्धभैरव गण सेनाको अन्य फौजको युद्धकला भन्दा फरक  C.T., S.U.T., Covert, Clandestine D.A. आदि जस्ता युद्धकलामा पोख्त भएको र तोकिएको जिम्मेवारी पूरा गर्ने विशिष्ट क्षमता भएको SPECIAL FORCES गण “अभयमेवः विजय“ भन्ने आदर्श वाक्य बोकी विसं २०६० साल मंसिर १८ गते स्थापना भएको हो ।

    आफ्नो गौरवमय इतिहासलाई कायम राख्दै भविष्यमा आइपर्ने जस्तोसुकै चुनौती र खतराहरूको दृढतापूर्वक सामना गर्न सक्ने विशेष फौज पनि हो भनेर यहाँ  उल्लेख गर्ने धृष्टता पनि गरियो ।

    उक्त फौज विशेष तालिम प्राप्त अत्याधुनिक हातहतियार र ईक्यूपमेण्टहरूबाट सुसज्जित तथा हरेक किसिमका जोखिमहको सामना गर्न सक्षम र विश्वस्त फौजको रुपमा विशेष फौज  (Special Forces) को रुपमा चिनिन्छ । तर, बढ्दो सोसल मिडिया होडवाजीमा उक्त गण पनि ओझेलमा पर्न सकेन ।

    बेलाबेलामा पत्र पत्रिकाकोको सिकार बनिनै रहेको छ, कारण कहिले राशन घोटला, थिचोमिचो त कहिले बदलिंदो परिस्थिति र परिवेश अनुसार चल्न नसकेर होला  ।

    दुई विशेष प्रकारका क्षमता भएका युनिटहरुलाई समय सापेक्ष बनाउँदै लैजाने उद्देश्य अनुरुप यस  युद्धभैरव गणलाई प्रथम गणपति प्रमुख सेनानी हरिबहादुर बस्नेत (हाल अ.प्रा.उ.र.)ले विभिन्न सपना बोकेर स्थापित गरेका थिए । तर हाल आएर परिणाम फरक आएको देखिन्छ । हाकिमहरुको कमाई गरिखाने भाँडो भएको जस्तो देखिन्छ ।

    विगत द्वन्द्वकालमा होस वा नेपाली सेनाले आवश्यकता अनुसार दिएको जिम्मेवारी पूर्ण सफलतापूर्वक निर्वाह गरी आफ्नो क्षमता र पेशागत दक्षतालाई स्थापित गरिसकेको विशेष फौजले भविष्यमा अझ प्रभावकारी ढंगले जिम्मेवारी पूरा गर्दै अगाडि बढ्नु पर्ने अवस्था भन्दा पहिलाकै ठाउँमा धकेलिएको देखिन्छ ।

    साईन्टिफिक लजिक के छ ?

    नेपाली सेनामा विरालो बाँध्ने चलन कहिलेसम्म चल्ने हो ? तर विरालो बाँध्नलाई पनि साईन्टिफिक लजिक रहेको पाइन्छ । विरालोले श्राद्ध गर्ने बेलामा पूजा सामग्री कतै नविगारोस् दही नखाईदियोस् भनेर बा“धिएको होला । नेपाली सेना पुरानो संस्था भए पनि हाल नया“ जेनेरेसनका सकल दर्जाहरु भर्ना भएका छन् ।

    पुरानो मान्छेले पुरानै कुरा सिकाएर राख्ने हो कि समय अनुसार, नयाँ कुरा पनि सिक्ने हो ? एक मात्र काउण्टर टोरोरिजम सम्बन्धी काम गर्ने विशेष फौज पछाडि पर्नुको कारण एउटै हो पदिक क्याडेटको हालीमुहाली ।

    जुन एउटा उद्देश्य लिएर बनाईएको टुकडी अहिले कमाउ धन्दा अनि घरपायक जागिर जोगाउ धन्दाको लागि बनेको जस्तो महसुस हुन्छ । बदलिंदो परिस्थिति र अहिलेको आवश्यक अनुसार यो टुकडी चल्न नसकेको हामीले महसुस गरेका छौं ।

    अहिले यस गणमा हेर्ने हो भने सायद स्टाफ कलेज पास भएका अधिकृत भेट्न मुस्किल पर्छ । यो पनि हैन कि स्टाफ कलेज फेल भएका अधिकृत क्यापेवल छैनन् भन्न खोजिएको हैन । तर अहिलेसम्म युद्ध भैरव गण चलेको भनेको नन स्टाफ कलेज, पदिक क्याडेड र हुद्दा क्याडेटले चलिराखेको देखिन्छ ।

    गणपतिलाई ‘हस् हजुर म मिलाउछु’ भन्ने अधिकृतको पनि आवश्यक पर्छ फस्ट क्लास अफिसरले हस् हजुर त भन्छ तर आवश्यकता अनुसार नयाँ कुरा (आईडिया) ल्याउछ अनि गणपतिलाई अपाच्य हुन्छ त्यही भएर पनि क्यापेवल अधिकृतलाई यस गणमा राखिदैन । प. क्या.लाई पल्टन चलाउन दिएपछि पल्टन कसरी चलेको होला सायद चल्ता है गाडी घ्यार्घ्यार्र...को अवस्थामा छ ।

    नेपालमा रहेका विकट जिल्लाहरु जस्तै हुम्ला, जुम्लामा डिउटीमा रहेका, भएका सेना कसरी बाँचेका छन् ? कसरी खाएका छन् ? सुगम मानिने मकवानपुर चनवनको सेनालाई राशन खुवाउन नसक्ने कस्तो ठेकेदार अनि कस्तो प्रवन्ध अधिकृत ? अनि तालिम सिलेवस चेन्ज गर्न नसक्ने कस्तो तालिम अधिकृत ? नेपाली सेनाका यस्ता अधिकृतहरूको जरो कसले उखालेर फाल्ने प्रधान सेनापतिज्यू ?  गणपति चाहिं नाम कमाउने कि दाम ? यस्तो कुरामा आर्मी हेडक्र्वाटर र गणपतिको पनि ध्यान जाओस् ।

    अर्काे कुरा जोड्न चाहेका छौं,  नेपाली सेनाको एक लाख हाराहारीलाई हेर्ने चिफ हुनलाई यो ट्याव उ ट्याव यो कोर्ष गरेको त्यो कोर्ष गरेको भन्ने नचाहिने जावो एउटा टुकडी चलाउनलाई चाहिं कोर्षनै गरेको हुनु पर्छ र ? विशेष फौज बाहिनी अन्तर्गत चाहिं किन कोर्ष चाहियो जो सिनियर छ त्यसैलाई पठाए भईहाल्यो नि ।

    कमसेकम बरु केही नबुझेको अधिकृत आयो भने केही परिवर्तन होला कि ? श्रीमान एक एक गरि स्पेसल फोर्स तालिम गरेको अधिकृतहरुको सिट्रोल पल्टाएर हेर्नू होला कति विदेशी तालिम गरेर आएका छन् ? लाखौ खर्च गरेर नेपाली सेनाले  ती तालिम के को लागि गर्न पठाईएको हो ? के घुम्नलाई मात्रै पठाईएको हो र ? कि युद्ध भैरव गणमा काम लाग्छ भनेर गणपतिलाई जाहेर नभएको हो र ?

    विदेशी तालिम गरेर आएका वा क्यापेवल अधिकृतहरू चाहिं योग्यता, क्षमता अनुसार काम नपाएर  खुम्चेर बस्नु परेको देखिन्छ । स्वदेश र विदेशमा विशेष तालिम लिएकाहरू सवै बाहिर युनिटमा फालिएका छन् । युद्ध भैरव गण अहिलेको रेसियोमा सेनाको विभिन्न टुकडीलाई हेर्ने हो भने अरु फौज भन्दा पछाडि परेको छ । अन्य फौज धेरै अगाडि आईसकेको छ तर युद्ध भैरव गण जहीँको त्यहीँ छ ।

    चिफसाब, एक चोटी तपाईको कार्यकालमा फस्ट क्लास अफिसर र विदेशबाट कोर्ष गरेर आएका अधिकृतलाई साथमा लिएर काम गर्नु होस् रिजल्ट तुरुन्त निस्किने छ । तपाईको नाम युद्ध भैरव गणको ईतिहास बुकको नाममा त छँदैछ सुनको अक्षरले समेत कोरिनेछ ।

    जति पनि युद्ध भैरव गणवाट हु क्या र प.क्या. भएका अधिकृतलाई हटाईदिने वा नराख्ने सिस्टम जबसम्म बन्दैन तबसम्म गण जस्ताको तस्तै हुने छ । हु. क्या. र प.क्या. भएका अधिकृत ती सवै युद्ध भैरवलाई अनफिट छन् ‘हस्’ भन्नलाई मात्र ठीक छ स्पेसल फोर्सको लागि काम छैन । तर उनीहरु बाहिरी ईन्फेन्ट्री पल्टनमा राम्रो काम लाग्ने अब्बल अधिकृतमा पर्छन् । यतिसम्म अधिकृतको क्याटगोरी छुट्ट्याउन सकियो भने नेपालको एक मात्र काम गर्ने विशेष फौजको भलाई हुन्छ ।

    कानमा रौं फुलेका पदिक बसेर युद्ध भैरवको सान होला कि नहोला उसले काम गर्न सक्छ कि सक्दैन जागिरनै खान मन छ भने ४४ वर्ष कटेपछि बाहिर पल्टमा पठाउदा पनि हुन्छ । ताकि ईन्टरनेशल आर्मी ल अनुसार उमेरको हद कायम गरियोस् ।

    चिफसाब बरु मिल्छ भने गणपति पनि प. क्या अधिकृतलाई बनाईदिए हुन्छ । सुझावमा अझै पनि केही विग्रेको छैन स्टाफ कलेज फेल अधिकृत र प. क्या. अधिकृतलाई यस गणमा नराख्दा नेपाली सेनाको चेन अफ कमाण्ड पक्कै विग्रिदैन होला । स्टाफ कलेज पास वा फ्रेस अधिकृतलाई ल्याउने हो भने विश्वकै एक मात्र फौज नेपाली सेनाको स्पेशल टुकडीले पक्कै फड्को मार्ने थियो श्रीमान् ।

    भविष्यवाणी † प्र. से  सुधीर के.सी.ले सि.सं ३० आए पछि यो स्पेशल फोर्स ग्यारिज पल्टन हुन्छ भनेर भनेको कुरा अहिले पनि झल्झली कानमा गुन्जिरहेको छ । नपत्याए उहाँलाई सोध्नुहोला । उहाँ अहिले गणको टुआईसी हुनुहुन्छ । यति मात्र हैन यस गण विरूद्ध धेरै अधिकृतहररु हात धोएरै लागि परे ।

    उपत्यकाबाट हटाएरै छाडे ताकि कुन कन्सेप्टले बनेको/बनाईएको टुकडी कुन अवस्थामा पुग्न लागिसक्यो । अब पनि यसको संरक्षण गर्ने अधिकृत भएन भने काउण्टर टेरोरिजम सम्बन्धी काम गर्ने टुकडीलाई नै खारेज गर्नका लागि पछि पर्ने छैनन् । ताकि यस गणको ईतिहास कितावको पाना नं. १३ मा यो गण स्थानान्तरण नहुने भनेर लेखिएको छ । तर पनि मकवानपुरको चनवनमा लगेर राखिएको छ । पत्रिकामा छपाउने र बेइज्जत गर्ने मौका नदिनु होला पल्टन खाली शान्तिसेना र प्रमोसनको समस्यामा मात्र अल्झिएर बसेको छ ।

    युद्ध भैरव गणले कसरी आफ्नो सुवर्ण इतिहास जोगाउने र कसरी नयाँ कुरा भित्र्याउने भन्ने चाहिं बिर्सिसकेको अनुभूति हुन्छ ।

    गणले क्षमतावान सही नेतृत्व  पाए त बाँकी समस्या आफै बिस्तारै समाधान हुँदै जानेछ । श्रीमान् चिफ साबको जो निर्देशन ।–तपाईको भलो चाहने Special Forces का चिन्तित सकल दर्जाहरु । साँघु साप्ताहिकबाट

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको