Logo

२०७९, आश्विन २० गते बिहिवार

images
images

नेपाली सेना सीमा क्षेत्रकाे अध्ययन र सर्भे गर्दै : सशस्त्र प्रहरीले बीओपी ह्वात्तै बढायाे

नेपाली सेना सीमा क्षेत्रकाे अध्ययन र सर्भे गर्दै : सशस्त्र प्रहरीले बीओपी ह्वात्तै बढायाे

images
  • 7.7K
    SHARES
  • images
    नेपाली सेना सीमा क्षेत्रकाे अध्ययन र सर्भे गर्दै : सशस्त्र प्रहरीले बीओपी ह्वात्तै बढायाे
    images
    images
    images

    काठमाडौँ । नेपाली सेनाले धेरै आलाेचना खेप्नु पर्ने विषय मध्ये एउटा हाे  देशको अन्तर्राष्ट्रिय सीमा सुरक्षा हाम्राे सेनाले किन गर्न सकेन । नेपालकाे अन्तर्राष्ट्रिय सीमामा रहेका सीमा स्तम्भ, हराउने, उखेलेर फाल्ने, पुरिएर जाने र दस गजा क्षेत्रमै बसाेबास, बजार संचालन, खेतीपाती हुने गरेका समाचार र जनगुनासाहरू बारंबार व्यक्त हुने गरेका छन् ।

    यिनै जन गुनासाेहरूलाई सम्बाेधन गर्न हाेला नेपाल सरकारले २०७५ साल फागुनमै रक्षा मन्त्रीस्तरीय निर्णयबाट नेपाली सेनामा देशको अन्तर्राष्ट्रिय सीमा सुरक्षा समन्वय र सूचना सङ्कलन गर्न एउटा निर्देशनालयले खडा गरेकाे थियाे ।

    नेपाल सरकारको रक्षामन्त्रीस्तरीय निर्णयका आधारमा सहायक रथीको नेतृत्वमा सर्भे तथा सीमा अनुगमन निर्देशनालय गठन गरिएको बताइएकाे थियाे ।

    भारतीय पक्षले नेपालका सीमावर्ती ६ सय ६८ ठाउँको जमिन भोगचलन गरिरहेको  समाचारहरू पनि सार्वजिनक हुने गरेका छन् । केही स्थानमा नेपाली पनि पारिपट्टि गएर खेतीपाती र बसोबास गरेको विवरणहरू पनि सार्वजनिक हुने गरेका छन् ।

    नेपाली सेनामा सहायक रथीको नेतृत्वमा सर्भे तथा सीमा अनुगमन निर्देशनालय गठन भएकाे पनि तीन वर्ष पुरा हुन लागिसक्याे । सेनामा याे संरचना खडा भएपछि के कस्ता सूचना, सर्भे भए, गरिए रक्षा मन्त्रालय र नेपाली सेनाले कुनै कुरा सार्वजनिक गरेकाे छैन ।

    भारतसँगको सीमा कायम गर्ने ८ हजार ५ सय ५३ वटा पिलर छन् । त्यसमध्ये ठूला पिलरको संख्या ९ सय १६, मझौला २ हजार ४ सय ८१ र साना सीमास्तम्भ ५ हजार १ सय ५६ वटा छन् । त्यसमध्ये २ हजार २ सय १६ वटा पिलर हराएका छन् ।

    केपी ओली नेतृत्वकाे तत्कालीन  सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमालको संयोजकत्वमा नेपाल–भारत सीमा निरीक्षण समिति समेत गठन गरेको थियो । साे समितिले नेपाली सीमा क्षेत्रको प्रभावकारी सुरक्षा, व्यवस्थापन र सीमा सुरक्षाका लागि डेडिकेटेड फोर्स स्थापनाको सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको समाचार पनि सावर्जनिक भएकाे थियाे  ।

    सहसचिव यज्ञबहादुर हमालको संयोजकत्वमा नेपाल–भारत सीमा निरीक्षण समितिले तयार पारेकाे प्रतिवेदन २०७७ साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले उक्त समितिको प्रतिवेदन कार्यान्वयन गर्ने पनि निर्णय गरेको थियो । तर, उक्त समितिको प्रतिवेदन कार्यान्वयन गर्नका लागि सुरक्षा जनशक्ति व्यवस्थापन, भौतिक संरचना र प्रविधिको विकासमा सरकारको ध्यान जानु पर्ने उल्लेख गरेकाे थियाे ।

    सरकारले साे प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेकाे डेढ वर्ष पूरा भएकाे  छ । तर,  उपलब्धि के कति भयाे ? भन्ने सम्बन्धमा नेपाल सरकार, परराष्ट्र मन्त्रालयले कुनै जानकारी दिएकाे छैन ।

    नेपाली सेनामा सहायक रथीको नेतृत्वमा सर्भे तथा सीमा अनुगमन निर्देशनालय स्थापना र सशस्त्र प्रहरी बल नेपालकाे सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट(बीओपी)काे संख्या केही वर्षदेखि देशका सीमा क्षेत्रहरूमा ह्वात्तै बढाएकाले सीमा क्षेत्रमा बसाेबास गर्ने नेपालीहरूले राहत महसुस गरेकाे बताउने गरेका छन् ।

    सशस्त्र प्रहरी बल नेपालकाे आईजीपीमा शैलेन्द्र खनालकाे नियुक्ति अघि  जम्मा ८४ स्थानमा मात्रै रहेकाे  (बीओपी)काे संख्या चार वर्षे कार्यकालमा हाल २२७ स्थानमा खडा भएकाे छ । सशस्त्र प्रहरी बल बोर्डर आउट (बीओपी)काे  संख्या २२७ २२० नेपाल-भारतीय सीमा क्षेत्रमा रहेका छन् भने सातवटा सशस्त्र प्रहरी बल बोर्डर आउट (बीओपी) नेपाल-चीन सीमा क्षेत्रमा स्थापना भएकाे  सशस्त्र प्रहरी बल बोर्डर स्राेतले बताएकाे छ । साँघु साप्ताहिकमा खबर छ l

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको