Logo

२०७९, जेठ ११ गते बुधवार

images

images
  • समाचार
  • प्रधानमन्त्रीद्वारा सेनापतिलाई ‘हाई अलर्ट’ मा रहन...

प्रधानमन्त्रीद्वारा सेनापतिलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन

प्रधानमन्त्रीद्वारा सेनापतिलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन

images
  • 115.8K
    SHARES
  • images
    images
    प्रधानमन्त्रीद्वारा सेनापतिलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन
    images
    images

    काठमाडौँ l प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली सेनालाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएका छन्। मुलुकको पछिल्लो अवस्थाबारे सेनाको रिपोर्टिङ सुनेपछि प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् l

    images

    केहीबेर अघि बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रधानसेनापति प्रभुराम शर्माबीच भएको भेटमा उक्त निर्देशन भएको बालुवाटार स्रोतले बताएको छ ।

    नेपाली समाज एमसीसी सम्झौताको विपक्षमा देखिएपछि सम्भावित सुरक्षा प्रबन्धबारे पनि उनीहरुबीच सँक्षिप्त कुराकानी भएको बुझिएको छ ।

    बालुवाटार स्रोतका अनुसार मुलुकको पछिल्लो अवस्थासम्बन्धी सेनाको रिपोर्टिङ सुनेपछि प्रधानमन्त्रीले प्रधानसेनापतिलाई सेनालाई उच्च सतर्कताका साथ स्टाण्डबाई रहन निर्देशन दिएका हुन् ।

    प्रधानमन्त्रीसँग झण्डै २० मीनेट भेटेपछि शर्मा सवा ९ बजे त्यहाँबाट जंगी अड्डातर्फ लागेका छन् l जनआस्था साप्ताहिकबाट

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको