Logo

२०७९, जेठ ११ गते बुधवार

images

images

नवलपरासीका सिडिओ र एसपी दुबै तानिए

नवलपरासीका सिडिओ र एसपी दुबै तानिए

images
  • 112.5K
    SHARES
  • images
    images
    नवलपरासीका सिडिओ र एसपी दुबै तानिए
    images
    images

    काठमाडौँ l नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र प्रहरी उपरीक्षक (एसपी) मनोज यादवको सरुवा भएको छ ।

    images

    प्रमुख जिल्ला अधिकारी मिश्रको केही दिन पहिले गृह मन्त्रालय र एसपी यादवको हिजो मात्र सरुवा भएको हो । कपिलवस्तुबाट ४ महिनामै लखेटिएका यादवको नौ महिना पुग्दा नपुग्दै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण,पोखरामा काज सरुवा भएको हो ।

    दुवै जना नवलपरासीमा रहँदा उनीहरुको आदेश र सेटिङ्गमा भारतसँग सीमा जोडिएका नाकाहरुबाट भारत र नेपाल दुवैतर्फ अवैध ओसारपसार तीव्र भएपछि यसबारे जनआस्था साप्ताहिक र जनआस्था डट कमले लगातार फलोअप गरेको थियो ।

    अहिले प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल आएका छन् भने एसपीमा ऋषिराम कँडेल आउने भएका छन् । गृह प्रशासनले दुवै सरुवालाई नियमित भने पनि एसपी यादवको नौ महिनामै भएको सरुवालाई अर्थपूर्ण मानिएको छ । जनआस्थाबाट

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको