काठमाडौं ।नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनपछि मुलुकमा राम्रो दिनको सुरुवात हुने बताएका छन् ।
अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनपछि आफ्नो पार्टी आउने र मुलुकका लागि राम्रो दिनको सुरुवात हुने दावी गरे ।
निर्यात् उद्योग व्यवसायी महासंघ, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संघीय संसदको निर्वाचनपछि भने आफ्नो पार्टी सरकारमा आउने भएकाले पूरै राम्रो दिन आउने जिकीर गरे ।
अध्यक्ष ओलीले आफ्नो पार्टी निकट निर्यात व्यवसायीहरुलाई पनि निर्वाचन प्रचारका लागि समय निकाल्न आग्रह समेत गरे । अब कोभिड पनि समाप्त हुने चरणमा पुगेकाले व्यवसायीका लागि पनि अबको दिन राम्रो हुने उनको भनाइ थियो ।
ओलीले स्वदेशी बस्तुको उत्पादन गरी मुलुकमा निर्यात व्यापार बढाउन पनि व्यवसायीहरुलाई आग्रह गरे । उनले अनाआवश्यक क्षेत्रमा लगानी नगर्न र आफ्ना बस्तुहरुको बजारीकरणमा नेपालले जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याएका थिए ।
अध्यक्ष ओलीले मुलुक रेमिटयान्सले धानिएको उल्लेख गर्दै अब त्यसको भर पर्न नहुने पनि पटकपटक दोहो-याएका थिए ।