Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images

कस्तो रहनेछ आजको मौसम ? 

कस्तो रहनेछ आजको मौसम ? 

images
  • 708
    SHARES
  • images
    images
    कस्तो रहनेछ आजको मौसम ? 
    images
    images

    काठमाडौँ l अहिले देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव सामान्य रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य ठाउँको मौसम बिहान सामान्यतया सफा रहेको छ ।

    images

    त्यस्तै दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । यस्तै देशको पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । यसैगरी, देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम राति सामान्यतया सफा रहने बताइएको छ ।

    यसैबीच, प्रदेश नं. १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । देशको तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेका कारण गर्मीबाट हुनसक्ने सम्भावित असरबाट जोगिन आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाको अनुरोध छ ।

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको