Logo

२०७९, जेठ ११ गते बुधवार

images

images
  • प्रवास
  • बाहिर बस्ने नेपालीको बैठक अप्रिल आर्को...

बाहिर बस्ने नेपालीको बैठक अप्रिल आर्को साता

बाहिर बस्ने नेपालीको बैठक अप्रिल आर्को साता

images
  • 603
    SHARES
  • images
    images
    बाहिर बस्ने नेपालीको बैठक अप्रिल आर्को साता
    images
    images

    काठमाडौँ l गैरआवासीय नेपाली संघ (एनआरएनए) को बैठक अप्रिल महिनाको अन्तिम साता बस्ने भएको छ।

    images

    गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार संघको ८४औं बैठक अप्रिल ३० तारिख भर्चुअलमाध्यमबाट हुने भएको हो।

    संघको १० औं महाधिवेशन पछि पहिलो पटक बस्न लागेको पूर्ण बैठकलाई निकै चासोका साथ हेरिएको छ।

    जोशीका अनुसार सो बैठकका लागि एजेण्डाहरु पठाउन आइसीसी (केन्द्रीय) सदस्यहरुलाई आग्रह गरिएको छ।

    ‘साथीहरुले चाहेका आआफ्ना एजेण्डाहरु पठाउन आग्रह गरेको छु । धेरै जनाले आफ्ना भनाईहरु राख्न पाइदैन भनेर गुनासो गर्नु भएको छ। यस पटक सबैलाई अवसर दिने योजना छ’ जोशीले भने ।

    आइसीसी सदस्यहरुको सुझावका आधारमा आगामी २३ तारिख बस्ने पदाधिकारी (ओविइ) बैठकले ती एजेण्डाहरुलाई अन्तिम रुप दिने छ ।

    बैठकमा संघको संरक्षक परिषदको गठन, सल्लाहकारको मनोनयन, आइसीसी सदस्यहरुको मनोनयन, केन्द्रीय कार्यालयमा नयां सिइओ नियुक्ति लगायतका एजेण्डामा छलफल हुने अपेक्षा गरिएको छ ।

    आइसीसी सदस्यहरुले यसअघि एनसीसीमा भएको विवाद, पदाधिकारीको उम्मेदवारी शुल्क, एनआरएनए यूके र अमेरिकाको खारेजीको कार्यन्वयन लगायतका विषयमा आआफ्ना भनाई राख्ने तयारी गरेका छन् ।

    images
    images
  • सम्बन्धित विषय:

  • # एनआरएनए
  • # गैरआवासीय नेपाली संघ

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको