Logo

२०७९, जेठ ११ गते बुधवार

images

images
  • समाचार
  • नौ महिनामा सरकारले विनियोजित बजेटको आधा...

नौ महिनामा सरकारले विनियोजित बजेटको आधा रकम पनि खर्च गर्न सकेन

नौ महिनामा सरकारले विनियोजित बजेटको आधा रकम पनि खर्च गर्न सकेन

images
  • 645
    SHARES
  • images
    images
    नौ महिनामा सरकारले विनियोजित बजेटको आधा रकम पनि खर्च गर्न सकेन
    images
    images

    काठमाडौं । चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो नौ महिनामा सरकारले ७ खर्ब ९४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ ।

    images

    अर्थ मन्त्रालयका अनुसार सरकारले पछिल्लो नौ महिनामा खर्च गरेको उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा खर्च गरेकोभन्दा १५.०३ प्रतिशतले बढी हो ।

    यस वर्ष सरकारको  चालु खर्च ६ खर्ब २५ अर्ब ५० करोड ८ लाख रुपैयाँ रहेको छ।  
    पछिल्लो नौ महिनामा सरकारको पूँजीगत खर्च १ खर्ब ३ अर्ब ७८ करोड ९६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १.९४ प्रतिशतले कम हो ।

    बितेका नौ महिनामा वित्तीय व्यवस्था ६४ अर्ब ९६ करोड ५६ लाख रुपैयाँ रहेको छ । 
    सरकारले चालु आर्थिक वर्षको लागि कूल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सरकारले चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि बजेटमा विनियोजन गरिएकोमध्ये आधा रकम पनि खर्च गर्न सकेको छैन । 

     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको