Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

images
  • 575
    SHARES
  • images
    images
    कस्तो रहला आजको मौसम ?
    images
    images

    काठमाडौँ । नेपालमा अहिले तीन वटा मौसमी प्रणालीको प्रभाव रहेको मौसमविदले बताएका छन् । स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    काठमाडौं उपत्यकाका केही स्थानमा आज (बुधबार) विहानै बर्षा भएको छ । अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागका केही र तराई भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश-१, वागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको