काठमाडौं l आधुनिक प्रविधिको विकास संगै बैंकिङ्ग क्षेत्रमा पनि विभिन्न किसिमका वस्तु तथा सेवाको विस्तार भईरहेको छ । यसै क्रममा कृषि विकास बैक लिमिटेडले पनि आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवाको पहुँच पु¥याउन, बजारको माग तथा ग्राहकको आवश्यकता अनुसार विभिन्न आधुनिक बस्तु तथा सेवाहरु उपलव्ध गराउदै आईरहेको छ ।
वित्त बजारमा अन्य बैंक तथा वित्तीय संस्थाहरुसंग प्रतिस्पर्धा गर्न र ग्राहकहरुको आवश्यकता अनुसारको अत्याधुनिक बैंकिंग सेवाका विभिन्न प्रोडक्टहरु उपलव्ध गराउने शिलशिलामा बैकले यही बैशाख १५ गतेबाट विधिवत रुपमा युएसडी प्रिपेड डलर कार्ड सेवाको शुरुवात गरेको छ जसबाट विदेशि मुद्रामा आम्दानीको श्रोत नभएका तर नेपाल भित्रै बसि इ–इकर्मशको माध्यमबाट अनलाईन सपिङ तथा बिल पेमेन्ट गर्नको लागि नेपाल राष्ट्र बैकले उपलव्ध गराएको सिमा भित्र रहि कारोवार गर्न सकिने छ ।
उक्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, उप–महाप्रवन्धकहरु प्रताप सुबेदी, यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दिर्घ बहादुर अर्याल, प्रेम कुमार श्रेष्ठ, बाबुकाजी थापा, विभागीय प्रमुखहरु क्रमशः अजय कुमार रिमाल, हिमलाल पौडेल, सरोज कुमार साह, टंक पोखरेल त्यसैगरी डिजिटल बैकिंग विभागका बरिष्ठ शाखा प्रमुख भोला नेपाल, प्रज्वल भट्टराई, भुमिराज न्यौपाने, कोमल सिटौला तथा संगिता श्रेष्ठ तथा अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृतले बैकको युएसडी प्रिपेड डलर कार्ड लिने पहिलो ग्राहक अनिता पौडेललाई कार्ड हस्तान्तरण गरेका छन् ।