Logo

२०७९, जेठ ११ गते बुधवार

images

images

शेयर बजार

नेप्सेमा हरियाली

नेप्सेमा हरियाली

images
  • 519
    SHARES
  • images
    images
    नेप्सेमा हरियाली
    images
    images

    काठमाडौँ । धेरै दिनपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (आइतबार) उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १७.९५ अङ्कले उकालो लागेर दुई हजार २५६.५७ अङ्कमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.८० अङ्कले उकालो लागेर ४३६.३५ मा पुगेको छ ।

    images

    कूल २३३ कम्पनीको ३३ लाख ४१ हजार २१४ कित्ता शेयर रु एक अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७२ बराबरको कारोबार भयो । शेयर कारोबार हुने साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु ३२ खर्ब १० अब ३० करोड ३६ लाख ९० हजार बराबर पुगेको छ ।

    कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैंकिङ २.५४ र लघुवित्त ०.०३ अङ्कले ओरालो लागेको छ । त्यस्तै, व्यापार ४.९१, होटल तथा पर्यटन ७१.९७, विकास बैंक १०८.६२, जलविद्युत् ६६.४, वित्त ५३.५६, निर्जीवन बीमा ९.४९, उत्पादन ११.५७, अन्य ३५.८६, जीवन बीमा ३८.५८, सामूहिक लगानी कोष ०.०७ र लगानी १.४९ अङ्कले उकालो लागेको छ ।

    कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो संस्थाको रु सात करोड ५३ लाख ५९ हजार ४५५ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु चार करोड ६० लाख ७८ हजार ३५५, नबिल बैंक रु चार करोड १५ लाख ४८ हजार ९०३, एनआइसी एशिया बैंक रु तीन करोड ६७ लाख ९० हजार ८६७, अरुण भ्याली हाइड्रोपावर रु तीन करोड ५८ लाख ८१ हजार ९०४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

    नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । घलेम्दी हाइड्रो पावर ८.८२, माउण्टेन इनर्जी नेपाल ८.६६, हिमालयन ऊर्जा विकास कम्पनी ७.५८ र श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ७.०८ प्रतिशतले कमाए ।

    त्यस्तै उन्नति सहकार्य लघुवित्त ४.९२, एनआइसी एशिया सेलेक्ट फण्ड ४.०६, एशियन लाइफ इन्स्योरेन्स ३.५४, रुरु जलविद्युत् परियोजना ३.१२ र गरिमा विकास लघुवित्तका लगानकिर्ताले २.५७ प्रतिशतले गुमाए ।

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको