Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images
  • समाचार
  • दिउँसो ३ साझ २ प्रदेशमा मेघगर्जन...

मौसम पूर्वानुमान:

दिउँसो ३ साझ २ प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

दिउँसो ३ साझ २ प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

images
  • 1.3K
    SHARES
  • images
    images
    दिउँसो ३ साझ २ प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना
    images
    images

    काठमाडौँ । वागमतीसहित केही प्रदेशमा आज (सोमबार) पनि मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

    images

    आज बिहानैदेखि वागमतीसहित मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका अन्य पहाडी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश-१, वागमती प्रदेश र गण्डकी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    विभागका अनुसार आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा मौसम सफा रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा स्थानीय वायु र भारतको बिहार-पश्चिम बङ्गालमा बनेको न्यूनचापीय प्रणालीको संयुक्त प्रभाव रहेको विभागले जनाएको छ ।

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको