Logo

२०७९, जेठ ११ गते बुधवार

images

images

सुनको मूल्यमा बृद्धि, चाँदीको स्थिर

सुनको मूल्यमा बृद्धि, चाँदीको स्थिर

images
  • 568
    SHARES
  • images
    images
    सुनको मूल्यमा बृद्धि, चाँदीको स्थिर
    images
    images

    काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला १०० रुपैयाँले बढेर ९८ हजार ७०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ छ । यसको मूल्य आइतबार प्रतितोला  ९८ हजार १०० रुपैयाँ थियो ।     

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला एक हजार २८५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८७२ डलर आसपास कारोबार भइरहेको छ ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको