Logo

२०७९, जेठ ११ गते बुधवार

images

images
  • समाचार
  • यो गठबन्धन ‘लड्डु लडाएर झिल्ली झार्नेहरूको...

यो गठबन्धन ‘लड्डु लडाएर झिल्ली झार्नेहरूको छट्टू प्रवृत्ति’

यो गठबन्धन ‘लड्डु लडाएर झिल्ली झार्नेहरूको छट्टू प्रवृत्ति’

images
  • 1.2K
    SHARES
  • images
    images
    यो गठबन्धन ‘लड्डु लडाएर झिल्ली झार्नेहरूको छट्टू प्रवृत्ति’
    images
    images

    काठमाडौं । स्थानीय तहको निर्वाचनको सम्मुखमा नेकपा माओवादी अध्यक्ष 'प्रचण्ड'को पछिल्ला अभिव्यक्ति र क्रियाकलापलाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेको छ ।

    images

    विशेषत: गएको विहीबार गृहजिल्ला चितवनमा भएको पाँच दलीय चुनावी सभामा प्रचण्डले त्यहाँका कांग्रेस कार्यकर्तालाई आफ्नी छोरी रेणु दाहाललाई मेयरमा विजयी गराउन हँसिया हतौडामा भोट नहाले देश दुर्घटनामा जाने बताएसँगै उनको अभिव्यक्तिको सर्वत्र आलोचना भएको हो । उनका अभिव्यक्ति चितवन कांग्रेस कार्यकतामार्फत कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको धम्की हो भनेर पनि भन्ने गरिन्छ ।

    यसैगरी उनले हिजो मात्र कैलालीको धनगढी पुगेर कांग्रेसबाट निर्वाचनमा धोका हुनसक्ने चेतावनी दिए । यति मात्र होइन उनले बागी उम्मेदवारको पक्षमा भोट मागे ।

    प्रचण्ड दोहोरो चरित्रका कारण बेला बखत चर्चामा आउने नेतामा पर्छन् । शान्ति प्रक्रियामा आएसँगै उनका दोहोरो चरित्रका सयौं उदाहरण रहँदा रहँदै अमेरिकी सहयोग एमसीसीमा देखिएको दोहोरो चरित्र उनको पछिल्लो उदाहरण हो ।

    यस विषयलाई लिएर प्रचण्ड र गठबन्धनका विषयमा लेखक तथा हास्यव्यङ्यमा कलम चलाउने महेश थापाले आज बिहान एउटा घतलाग्दो टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल मार्फत थापाले ‘गठे प्यारमे धोका’ भन्दै यो गठबन्धनलाई ‘लड्डु लडाएर झिल्ली झार्नेहरूको छट्टू प्रवृत्ति’को उखानसँग चरितार्थ गरेका छन् ।  


    उनले लेखेका छन्–

    (तराईतिर लाग्ने हाटहरूमा कचडी, पकौडा, लाई, मुरी, ढुंग्री तथा अन्य मिठाइसँगै झिल्ली पनि बेच्न राखिन्छ । बेसनको जेरी आकार नुनिलो मिठाइलाई झिल्ली भनिन्छ । जेरीझैँ भित्र रस नभरिएको सुख्खा हुने हुँदा त्यो एकदमै हलुङ्गो हुने गर्दछ । विशेषतस् केटाकेटी तथा अलि छट्टू टाइप छिप्पटहरूले यसो केही किन्न खोजेझैँ गर्दै छिटीको टुप्पोतिरबाट लड्डु वा अर्को कुनै मिठाइ गुडुल्क्याएर लडाइदिएपछि छेउमा रहने दुईरचार झिल्ली झर्ने नै भयो । झरेका मध्ये एकाध झिल्ली खुसुक्क बोकेर उनीहरू लस्किन्थे । यही प्रवृत्तिलाई दृष्टिगत गर्दै यो उखान चल्तीमा आएको हुनुपर्छ ।)

    कैलालीमा आयोजित एक कार्यक्रमबीच गठबन्धनमा धोका र बेइमानी स्वीकार्य नहुने आशयको भाषण ठोक्दै कमरेड प्रचण्डले कैलारी गाउँपालिकाको उपाध्यक्ष पदमा आफ्नो पार्टीकी बागी उम्मेदवार लक्ष्मी सत्गौवाका लागि भोट माग्नुभएछ । यसैलाई ‘गठे प्यार में धोका’भन्दै धेरै कांग्रेस नेता/कार्यकर्ताले संजालमा मन अमिलो पारेको देखियो । तर गठबन्धनमा आबद्ध दलहरूको तर्फबाट स्थानीय तहको सिट संख्याभन्दा झन्डै दोब्बर उम्मेदवार मैदानमा छन् । बागी उम्मेदवारमाथि कारवाहीको हुइयाँ पनि पिटाइएको छ, तर शीर्ष नेतृत्वलाई असहज पारेका ठाउँमा बाहेक कारवाहीको डन्डा चलेको छैन र चल्न जरुरी पनि होइन । अपवादबाहेक कारवाहीमा परेकाहरूले पनि चुनाव जिते एक तह बढुवासहित पार्टीमा स्थान पाउनेछन् र हार्नेहरू पनि स-सम्मान फिर्ता हुनेछन् । आफूले जित्न सकिन्छ जस्तो लागेका स्थानमा मन खुम्च्याएर गठबन्धन मन्छाउन सिट टक्र्याउनु परेका ठाउँहरूमा स्थानीय पार्टी कमिटीले नै खडा गराएका बागी उम्मेदवार धेरै छन् । त्यसमा केन्द्रिय नेतृत्वको पनि धाप छ भन्ने मात्र कैलालीमा प्रचण्ड अभिव्यक्तिले उजागर गरेको हो ।

    देउवा दाइ र पौडेल बाजेबाहेक हरेक कांग्रेसजन स्थानीय चुनावपछि गठबन्धनको ग्रहदशा कस्तो हुँदैछ भन्नेबारे जानकार छन् । तसर्थ, गठबन्धनमा आबद्ध हरेक दल एकअर्कालाई छ्याकन हान्दै 'जो हात, सो साथ, जगन्नाथ' गर्न उद्दत देखिन्छन् । तिनले भलिभाँती बुझिसकेका छन् कि भोलि केन्द्रिय निर्वाचनमा जे जस्तो भुक्तमान बेहोर्नु परे पनि स्थानीय तहमा सुरक्षित गर्न सकेका सिटहरूले तिनको राजनीति अर्को पाँच वर्ष धान्नेछ । अतस् यो गठबन्धनले लड्डु लडाएर झिल्ली झार्नेहरूको छट्टू प्रवृत्तिलाई दुरुस्त बोकेको छ । अब छट्टूमध्ये कसले कसलाई घिउ बेच्छ र कसले कसलाई तरबार भिराउँछ भन्ने जान्न एक साता कुर्नुको विकल्प रहेन ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको