Logo

२०७९, जेठ ११ गते बुधवार

images

images

आईपीएल क्रिकेटमा दिल्लीले राजस्थानलाई हरायो

आईपीएल क्रिकेटमा दिल्लीले राजस्थानलाई हरायो

images
  • 512
    SHARES
  • images
    images
    आईपीएल क्रिकेटमा दिल्लीले राजस्थानलाई हरायो
    images
    images

    एजेन्सी - इण्डियन प्रिमिर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सविरुद्ध दिल्ली क्यापिटल्स ८ विकेटले विजयी भएको छ। 

    images

    गएराति डीवाई पाट्ली स्टेडियम मुम्बईमा भएको खेलमा राजस्थानले दिएको १६१ रनको लक्ष्य दिल्लीले ११ बल बाँकी छँदै २ विकेट गुमाएर भेट्टायो। दिल्लीका मिचेल मार्सले ६२ बलमा ८९ रनको महत्त्वपूर्ण योगदान गरे। डेबिड वार्नर ५२ र कप्तान रिसव पन्त १३ रनमा नटआउट रहे। 

    यसअघि पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनाएको थियो। रविचन्द्रन आश्विनले ५० रनको अर्धशतकीय पारी खेले। देवदत्त पाडिक्कलले ४८ र एसास्भी जैसवालले १९ रन बनाए। 

    जितसँगै १२ खेलबाट १२ अंक जोडेको दिल्ली अंक तालिकाको पाँचौँ स्थानमा र १२ खेलबाट १४ अंकसहित राजस्थान तेस्रो स्थानमा यथावत् छन्।

    images
    images
  • सम्बन्धित विषय:

  • # आईपीएल

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको