काठमाडौं । वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनका लागि सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरीका अतिरित्त म्यादी प्रहरी भर्ना गरेको छ ।
उनीहरु निर्वाचन अघि–पछि गरेर ४० दिनसम्म खटिनेछन् । म्यादी प्रहरीले सेवा सुविधाका लागि प्रतिव्यक्ति ३० हजार २ सय ४० रुपैयाँका दरले पारिश्रमिक पाउनेछन् ।
यस्तै, रासन भत्ता ७२ सय र पोसाक भत्ता ६ हजार रुपैयाँ पनि प्राप्त गर्नेछन् । यस्तै, सेवा अवधिभरमा कुनै म्यादी प्रहरीको निधन भएमा २० लाख रुपैयाँ राहतस्वरुप परिवारलाई प्रदान गर्ने सरकारले जनाएको छ ।
यसैगरी, सुरक्षाकर्मीको ५० प्रतिशत भत्ता वापतको रकम पनि अर्थ मन्त्रालयले स्वीकृत गरेको छ । यसअघिको सुविधालाई दैनिक भ्रमण भत्ता (टिएडिए) मा मिलान गर्न पाउने व्यावस्था गरिएको छ । सुरक्षाकर्मीको हौसला बढाउन सरकारले यो निर्णय गरेको हो ।
नेपाली सेना र राष्ट्रिय अनुसन्धान केन्द्रका लागि पनि दुई अर्ब २९ करोडभन्दा बढी रकम छुट्याइएको छ ।
अर्थ मन्त्रालयको विविध शीर्षकमा चालु वर्षमा १५ अर्ब रुपैयाँ रहेको छ ।